Thursday 27th August 2026

क्यालिफोर्नियाको डढेलोमा मर्नेको संख्या ७१ पुग्यो


तितोपाटी – अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागी भएको शनिबार नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भैसकेका छन्।

अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन सक्ने बताएका छन् भने हराइरहेका अन्य व्यक्तिहरुको खोजिकार्य जारी रहेको उनीहरुले जानकारी दिएका छन्।

क्यालिफोर्निया राज्यको इतिहासमै सबैभन्दा घातक रहेको आगलागीले १ सय ४२ हजार एक्कड क्षेत्रफलमा रहेका घर तथा बजारहरु नष्ट गरेको छ भने उक्त क्षेत्रबाट करिब ४७ हजार मानिसलाई उद्धार गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार उक्त क्षेत्रको भ्रमणमा जाने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...