Wednesday 7th October 2026

बाजुरामा जीप दुर्घटना हुँदा १ को मृत्यु, २ गम्भीर घार्इते


तितोपाटी – बाजुराको बूढीगङ्गा नगरपालिकाको–२ बल्देमा आज मार्तडी आउँदै गरेको से१ज ५४३ नं को जीप बल्देमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा त्रिवेणी–४ तोलीका ३५ वर्षीय धनबहादुर साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए ।

दुर्घटनामा परेका यात्रुमध्ये दुई जनाको अवस्था गम्भीररहेको प्रहरी प्रमुख भाटले बताए । दुर्घटनामा परी गम्भीर घाइतेमध्ये चालकका छोरा २२ वर्षीय नवराज साउँद, ट्रक चालक कुम्भ रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका–१ कुँडीमा भारतबाट आएकालाई पुर्याएर कुँडीबाट मार्तडी आउने क्रममा जीप दुर्घटना भएको हो ।

जीप सडकभन्दा करिब पाँचसय मिटर तल खसेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...