Tuesday 27th October 2026

कुवेतमा भोलि बिहिवार पनि सार्बजनिक बिदा


तितोपाटी – कुवेत सरकारले केही दिन देखीको लगातार भारी वर्षाका कारण भोलि बिहिवार १५ नोभेम्बरमा पनि सार्बजनिक बिदाको घोषणा गरेको छ ।

कुवेत जल तथा मौसम विज्ञान पूर्वानुमान विभागले एक सुचना जारी गरि भोलि पनि कुवेतको विभिन्न भागमा भारी वर्षा हुने जनाएको छ । भोलि बिहिवार पनि स्कुल, कलेज तथा सरकारी कार्यालय बन्द रहने जनाएको छ ।

आज पनि कुवेतको विभिन्न भागमा भारी वर्षाका कारण बाढी आएको छ । बाढीका कारणले आवतजावतमा समेत समस्या भएको छ भने विभिन्न ठाउँमा बाटोघाटो समेत बन्द भएको छ । कुवेत बासी लगायत सम्पुर्ण आप्रवासीहरु लाई समेत सतर्कता अपनाउन कुवेत सरकारले आग्रह गरेको छ ।

तस्बिर शौजन्य – आइमान मात


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...