Sunday 26th May 2024

बैतडीमा मेला हेर्न गएका एकको भीरबाट लडेर मृत्यु अन्य ३ जना घाइते


तितोपाटी – बैतडीमा मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। सिगास गाउँपालिका–३, को भुमिराज मन्दिर डुडैमा लागेको मेला हेर्न गएका सिगास गाउँपालिका–५, का १९ वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हाे। उनीहरु राती अध्यारोमा भाग्ने क्रममा लडेको हुन सक्ने प्रहरी अनुमान छ। घाइतेको अवस्था भने समान्य रहेको छ।

मंगलबार राती करिब साढे ११ बजे मन्दीर भन्दा करिब डेढ सय मिटर पर जुवातास खेलिरहेका बेला प्रहरी आएको हल्ला फैलिएपछि भाग्ने क्रममा भीरबाट खसेर चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए।

घटनापछि पाटन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वकाे प्रहरी टोली घटनास्थल गएको र मृतककाे शव पोष्टमार्टमको लागि ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

कर्म ब्रम्ह बुद्ध धर्म टेवा मेवा बुद्ध सेवा शस्त्र अस्त्र बुद्ध वस्त्र चेला मेला बुद्ध भेला तन धन बुद्ध मन…

प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ---------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन --------------- सामाजिक सञ्जाल समायोजक --------------…

प्रतिकृयाहरू
...