Tuesday 7th May 2024

४ दिने छठ पर्व उदाउँदो सुर्यलार्इ अर्घ दिएपछि अाज समापन भयो


तितोपाटी – तराई मधेसमा मनाइने सबैभन्दा ठुलो लाक आस्थाको पर्व छठ उदाउँदो सुर्यलाई अर्घ दिएर सम्पन्न भएको छ। चार दिनसम्म मनाइने पर्व बुधवार (आज) उदाउदो सुर्यलाई अर्घ दिई सम्पन्न भएको हो। मिथिला क्षेत्रमा त्यहाँका बासिन्दाले धुमधाम र आस्था–निष्ठाका साथ मनाउने छठ पर्व हालैका वर्षहरूमा पुरै नेपालमा फैलिदै गएको छ । त्यसको ज्वलन्त उदाहरण देशका मुख्य नदी र जलायसहरुमा छठको रौनक देख्न सकिन्छ ।

गत आइतबार नहाएखाए देखी सुरु भएर सोमबार खरना, मंगलबार निखण्ड र बुधवार पारन गरी सम्पन्न भएको हो। लोक देवी छठीमाइको मुल पुजा हुने छठ पर्वमा सुर्यलाई साक्षी मानेर ब्रतालुहरू तिन निराहार ब्रत बसी अहिले सुर्यलाई अर्घ दिएपछि पारन गरी सम्पन्न गर्दैछन्।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिएका व्रतालुहरूले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएका छन्। बिहान सुर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ। यसपछि छोरी चेली कहाँ छठ पर्वको प्रसाद कोसेलीको रुपमा पुर्याउने चलन छ।

छठ समापनका केहि तस्विरहरू


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...