Friday 4th September 2026

प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन:सभापति आचार्य


तीतोपाटी- नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताएका छन । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भने ।

उनले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने भन्ने विषयमा विराटनगरमा छिटै सम्मेलन गर्न लागिएको पनि जनाए ।

सभापति आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउन खोजेकामा यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कार्य हुनेमा जोड गरे । उनले निरन्तर सङ्घर्ष र वकालत गर्ने नेपाल पत्रकार महासङ्घले राष्ट्र र जनताका हितका निम्ति नियमित आवाज उठाइरहेको स्पष्ट पारेका थिए ।

साभार रिपोर्ट्सनेपाल


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...