Friday 4th September 2026

सिण्डिकेट अपराध हो, अपराधीलाई सजाय हुन्छ : गृहमन्त्री थापा


तीतोपाटी-गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट कानुनी रुपमा अपराधमा परिभाषित भएकाले सिण्डिकेट गर्ने अपराधिलाई कार्वाही गरिने बताउनुभएको छ ।

म्याग्दी कोरला यातायात प्रालिद्वारा सञ्चालीत सुविधायुक्त बेनी–काठमाडौं बस सेवाको मङ्गलबार शुभारम्भ गर्दै उहाँले सिण्डिकेटको पूर्ण रुपमा अन्त्य गर्ने बताउनुभएको हो ।

गृहमन्त्री थापाले कानुनी रुपमा सिण्डिकेट अन्त्य भए पनि व्यवहारमा अझै रहेको हुँदा यसको अन्त्यका लागि सरकारले ध्यान दिइरहेको बताउनुभयो । उहाँले सिण्डिकेट गर्नु गैरकानुनी भएको र आपराधिक गतिविधि भएको कारण अपराधीलाई राज्यले सजाय दिने आश्वासन दिनुभयो ।

यातायातका क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य र व्यवस्थापनका लागि यातायात मन्त्रालयले कार्यदल गठन गरेको बताउँदै गृहमन्त्री थापाले कार्यदलमार्फत काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँले देशको सबै ठाउँमा सिण्डिकेट रहेकाले विकासले गति लिन नसकेको बताउँदै सबै ठाउँमा भएको सिण्डिकेटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘सिण्डिकेट यातायात, शिक्षा, स्वास्थ्य र विद्युतलगायत सबै ठाउँमा छ, सबै मिलेर यसको अन्त्य गर्नुपछ ।’

देशलाई गरिबी र दरिद्र बनाउन सिण्डिकेटले भूमिका खेलिरहेको उहाँको भनाइ छ । गृहमन्त्री थापाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य भएको बताउनुभयो ।

साभार उज्यालो नेटवर्क


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...