Wednesday 29th July 2026

टोल-टोलमा पुग्दै प्रहरी


तीतोपाटी-कपिलवस्तु जिल्लाको हरेक तहमा टोल टोलमा प्रहरी पुग्ने भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहसँग सहमती गरी प्रहरी पुग्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

अभियान अन्र्तगत सबै नगरमा नगरस्तरीय समिति निमार्ण गरी वडा र टोल टोलमा कार्यक्रम गर्ने बताइएको छ । नगरका सवै वार्डमा समिति गठन हुनेछ । वडास्तरीय समितिले प्रत्येक टोल समुदाय र विद्यालय स्तरमा समिति गठन गरी शान्ति सुरक्षा तथा सचेतनाका कार्यक्रमहरु गरिने बताइएको छ ।

जिल्लाका सबैका स्थानिय निकायसँग सहमति गरी कार्यक्रम संचालन हुनेछ । हालसम्म बुद्धभूमी, शिवराज, कृष्णनगर, कपिलवस्तु, बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकासँग सहमति भई कार्यक्रम संचालन भईरहेको रावलले बताए । सहमति भएका सबै नगरपालिकामा नगर स्तरीय समुदाय प्रहरी समिति गठन भएको छ ।

सुमदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बुद्धभूमी नगरपालिका ३ मा समुदाय प्रहरी वडा समिति गठन भएको छ । वडास्तरमा बनेको यो समिति जिल्लाको पहिलो समिति हो । मंगलबार सम्पन्न कार्यक्रमबाट वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यको संयोजकत्वमा समिति गठन भएको छ

साभार दैनिक नेपाल


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...