Friday 4th September 2026

विदेशबाट फर्केकाहरुले यसरी पाउन सक्छन १० लाख ऋण


तीतोपाटी-सरकारले बैदेशिक रोजगारबाट फर्केकाहरुलाई उनीहरुले विदेशमा रहँदा सिकेको सीप अनुरुपको व्यवसाय नेपालमा सुरु गर्न १० लाख दिने प्रकृया सुरु गरेको छ ।

सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै यस्तो कर्जाको सुरुवात भएको हो । नेपाल राष्ट्र बैंकले एक विज्ञप्ती जारी गर्दै यस्तो सुविधा लिन आफूलाई पायक पर्ने बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ ।

विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्मको हुनेछ । यस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुले विदेशबाट फर्केका युवालाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्बन्धित ब्यवसाय संचालन गर्न परियोजना धितो लिइ यस्तो कर्जा दिन सक्नेछन् । यस्तो कर्जाको भुक्तानी अवधि ५ बर्षको छ ।

कार्यविधि अनुसार विदेशबाट फर्केका युवाहरुलाई उनीहरुमा रहेको ज्ञान तथा सीपसँग सम्वन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितो लिई सम्वन्धित बैंक तथा वित्तिय संस्थाले बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना अन्तर्गत कर्जा प्रवाह गर्नेछ ।

कार्यविधि अनुसार श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा ६ महिना सम्वन्धित तालिम वा पेशा वा व्यवसाय वा क्षेत्रमा काम गरी स्वदेश फर्केको व्यक्तिले यस्तो कर्जा लिन सक्नेछन् । तर कुनै पनि देशको स्थायी बसोवासको स्वीकृति प्राप्त(पिआर, ग्रिन कार्ड भएको) व्यक्तिलाई यस्तो कर्जा प्रदान गरिने छैन ।

यस्तो कर्जा लिन चाहने व्यक्तिले उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्वन्धि संक्षिप्त प्रस्ताव पेश गर्नुपर्नेछ । यसैगरी कर्जा लिन चाहने व्यक्ति विदेशबाट फर्केको ३ बर्ष भन्दा लामो समय भएको हुनुहुने छैन ।

यो कर्जा प्राप्त गर्न राहदानी, भिसाको प्रतिलिपि तथा श्रम स्वीकृति प्राप्त भएको देशबाट फर्केकाको हकमा सोको प्रतिलिपि । आफू ६ महिना कुनै देशा सम्वन्धित तालिम, पेशा व्यवसाय, क्षेत्रमा काम गरेको कागजात र कुनै पनि देशको स्थायी बसोवास स्वीकृति नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस अन्तर्गतको कर्जा लिन चाहने व्यक्तिलाई कुनै समस्या परेमा [email protected] मा ईमेल गर्न वा ०१ ४४ ११ ४०७ मा फोन गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ

साभार- देशप्रदेश


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...