Wednesday 7th October 2026

पुर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते


तितोपाटी – पूर्व–पश्चिम राजमार्गको निजगढ नगरपालिका–९ स्थित भमरा पुल नजिकै शुक्रबार राति जिप र ट्याक्सी जुध्दा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

नारायणगढबाट सर्लाहीतर्फ जाँदै गरेको ग२च २३२५ नम्बरको बोलेरो जिप र रौतहटको गुजारा नगरपालिका सिमरी गाउँबाट निजगढतर्फ फर्किदै गरेको बा२ज २११७ नम्बरको ट्याक्सी निजगढको भमरा पुल नजिकै राति १ बजे एकापसमा जुध्दा दुर्घटना भएको हो।

दुर्घटनामा निजगढ नगपालिका–७ का २५ वर्षीय आकाश माझी र सोही ठाउँ २५ वर्षीय विशाल माझीको घटनास्थलमै मृत्यु भएको निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाले बताए।

ट्याक्सी चालक भक्तपुर घर भएका समुद्र श्रेष्ठको हेटौंडास्थित चुरे हिल अस्पतालमा उपचारको लागि लगिदै गर्दा बाटौमै मृत्यु भएको हो। दुर्घटनामा निजगढ–७ नरेश माझी र अजुर्ण माझी गम्भीर घाइते भएका हुन्। दुवैको भरतपुरस्थित पुरानो मेडिकलमा थप उपचार भइरहेको प्रहरी निरीक्षक लामाले बताए।

घाइते र मृतक सबै ट्याक्सीमा सवार थिए। चालकसहित पाँच जना थिए। उनीहरु तिहारको अवसरमा आफन्तको घरबाट सिमरीबाट फर्किदै थिए। ट्याक्सी चालकले मदिरा सेवन गरेकाले दुर्घटना भएको स्थानीयको भनाइलाई उद्धृत गर्दै प्रहरी निरीक्षक लामाले बताए। ‘बोलेरो आफ्नै लाइनमा गुडेको देखिन्छ,’ उनले भने, ‘ट्याक्सी अरुको लाइमा जाँदा ठोक्किएर दुर्घटना भएको हो।’ बोलेरो चालक फरार छन्। चालक र गाडीधनीसित सम्पर्क गर्ने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताए।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...