Friday 31st July 2026

तनहुँ कारागारका कैदीबन्दीले लगाए भाइटीका


तीतोपाटी- तनहुँ कारागारका कैदीबन्दीले भाइटीका लगाएका छन् । कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । “बेलुका ५ बजेसम्म भाइटीका लगाउन समय तोकेका छौँ”, उहाँले भन्नुभयो, “भाइटीका लगाउन आउनेलाई टीका लगाउने व्यवस्था मिलाएका छौँ ।”

विभिन्न अपराधमा कारागार चलान भएका उनीहरू कारागारभित्रै भाइटीका लगाउँदा हर्षित छन् । कैदीबन्दीले चाडपर्वको बेला मुढा बुनेर कमाएको पैसा घरपरिवारलाई समेत पठाउँदै आएका छन् । पच्चीस जनाको क्षमता रहेको उक्त कारागारमा हाल ४८ थुनुवा र ६२ कैदी छन् । सबैभन्दा बढी जबर्जस्ती करणीको मुद्दामा ३५ कैदी र चार थुनुवा छन् । त्यस्तै लागुऔषधको मुद्दामा १८ थुनुवा र दुई कैदी तथा कर्तव्य ज्यान मुद्दामा १४ कैदी र पाँच थुनुवा रहेका छन् ।

ज्यान मार्ने उद्योगमा ११ थुनुवा र दुई कैदी, भगौडाका तीन कैदी, चोरीमा संलग्न सात कैदी र तीन थुनुवा, सवारी ज्यान मुद्दाका एक थुनुवा, कुटपिट अङ्गभङ्गका दुई कैदी, काठ ओसारपसारका एक कैदी, बहुविवाहका एक कैदी, अपहरणको एक थुनुवा, डाँका एक थुनुवा तथा ओखेटोपहार ओसारपसारका एक थुनुवा र एक कैदी गरी ११० जना कैदीबन्दी रहेका छन् 


सम्बन्धित शीर्षकहरु

विश्वप्रसिद्ध गायिका Shania Twain ले आफ्नो जीवनका कठिन संघर्षहरू र ती संघर्षबाट जन्मिएको सफलताको कथा साझा गरेकी छन्। २२ वर्षको…

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

प्रतिकृयाहरू
...