Saturday 20th June 2026

सर्लाहीमा छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु, एक किशोर घाइते


तितोपाटी – सर्लाहीमा छुट्टाछुट्टै घटनामा दर्इ जना बालकको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन् । दिपावलीका लागि घरमा झिलिमिली बत्ती राख्ने क्रममा बुधबार जिल्ला स्थित छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो भने एक बालकको जलेर मृत्यु भएको हो । त्यस्तै घाइते भएका किशोर छतबाट खसेर भएका हुन।

सदरमुकाम स्थित मलंगवा नगगपालिका–१० निवासी रामेश्वर साहका ७ बर्षीय छोरा निसान्त कुमार साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। आफ्नै घरमा झिलिमिली बत्ती हाल्ने क्रममा करेन्टको झड्का लागेर घरको छतबाट खसेका निसान्तको उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

त्यसै गरि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा पनि झिलिमिली बत्ती राख्ने क्रममा घरको छतबाट लडेर एक किशोर घाईते भएका छन्। लालबन्दी नगरपालिका–७ जनवादी चोक निवासी कुमार बिकका १७ वर्षीय छोरा पुसल बिक घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लालबन्दी स्थित यूनाईटेड होटलमा कामगर्ने बिक होटलमा झिलिमिली बत्ती फिट गर्ने क्रममा होटलको छतबाट लडेका हुन्। बिकको लडेर हात भाँच्चिएको छ।


सम्बन्धित शीर्षकहरु

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

प्रतिकृयाहरू
...