Thursday 3rd September 2026

सिन्धुलीमा धामीबाट बिरामी प्रताडित, पिचास लागेको भन्दै मुखमा तातो पनिउँले मुखभरि डामियो


तितोपाटी – सिन्धुलीमा एक महिला धामीबाट प्रताडित भएकी छन् । काम्ने व्यथा उठेकी उक्त महिलालार्इ धामी लगाएर झारफुक गर्दा धामीले पिचास लागेको भन्दै  ताताे पनिउँले डामेर घाइते बनाएका हुन्। कमलामाई नगरपालिका-१२ ठहर घर भएकी ३६ बर्षीय पुर्णमाया गुर्मछाने मगरलाई झारफुक गर्ने छिमेकी धामी दुर्गा बहादुर मगरले तातो पनिउँले डाम्दा पुर्णमायाको अनुहार पुर्ण रुपले डढेको छ।

सामान्य काम्ने तथा अनावश्यक बोल्ने जस्तो रोग देखिएकाले नजिकै रहेको धामीकहाँ झारफुक गर्न जाँदा उनले एउटा कालो बोको, रातो भाले पुजा गरेर खानुका साथै पीडितलाई तातो पनिउँले डामेका थिए। पनिउँले डामेर घाइते भएकी उनलाई घरका आफन्तले पनि उपचारमा तत्काल साथ दिएनन्। पीडित महिलाको माइती पक्षका बाबु छोरी भेट्न घर जाँदा छोरी नदेखाएपछि छोरी कता गएकी छन् भन्दै बाबुले आफ्नै ज्वाइसँग सोधखोज गरे। सोधखोज गर्दा समेत यतै होला भन्दै केहि समय उनलाई छोरी नदेखाएपछि उनले छिमेकीकाे सहयाेगमा यथार्थ कुरा थाहा पाएका थिए। उनले नै छोरी पुर्ण रुपमा घाइते देखेपछि अस्पताल ल्याएका थिए।

गत विहिबार भएको घट्नाको ढाकछोप गर्दै राखेको र उनका बाबुले मंगलबार अस्पताल ल्याएपछि घटना बाहिर अाएको हो। उनका बाबु चन्द्र खुलालका अनुसार छरछिमेकीको समेत मिलेमतोमा धामीले आफ्नी छोरीलाई तातो पनिउँले डामेका थिए। जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वरप्रसाद यादवले धामी फरार रहेको र उनकाे खोजी भइरहेको बताए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार तथा खोजी कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको…

भोटेकोशी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत दिने निर्णय गरेको छ। प्रहरी प्रधान…

चीनका राष्ट्रपति सी चिनफिङले मध्यपूर्वका देशहरूलाई बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका छन्। इजिप्ट भ्रमणका क्रममा उनले क्षेत्रीय शान्ति र…

प्रतिकृयाहरू
...