Wednesday 7th October 2026

बर्दियामा झारफुकको बहानामा धामीद्वारा बिरामी महिलामाथि १० महिनादेखि बलात्कार


तितोपाटी – झारफुकबाटै क्यान्सर रोग निको पार्ने भन्दै महिलालाई बलात्कार गर्दै आएका बारबर्दिया १० बैदीका ७१ वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

क्यान्सरबाट पीडित ४१ वर्षीया महिलालाई उनले १० महिनादेखि घरमै बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ । लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले प्रहरीमा उजुरी दिएपछि थारू पक्राउ परेका हुन् । थारू समुदायमा झारफुक गर्नेलाई गुरुवा भनिन्छ । अन्धविश्वासका कारण अझै पनि थारू महिला झारफुकमै भर पर्छन् ।

राती फोन गरी झारफुक गर्न बोलाउने र भनेको नमाने रोग निको नहुने भनेपछि केही समय सहेरै बसेको तर रोग बढ्दै गएपछि प्रहरीमा उजुरी गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएकी छन् । प्रहरी निरीक्षक वसन्त गौतमले थारूलाई जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको बताए ।

रोगबाट थला परेपछि अहिले ती महिलाको चितवनस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनका पति र २ छोरा रोजगारीका लागि विदेशमा छन् । घटनास्थल सदरमुकाम गुलरियाबाट करिब २० किमि उत्तरमा पर्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...