Thursday 30th July 2026

इटालीमा शक्तिशाली अाँधी, १० जनाको मृत्यु


तितोपाटी – इटालीमा मङ्गलबार आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्। दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन्।

हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन्। आँधीका कारण रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए।

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरी र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन्। मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन्। हिमबर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ भने उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई खटाइसकिएको छ।


सम्बन्धित शीर्षकहरु

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

प्रतिकृयाहरू
...