Thursday 27th August 2026

पाकिस्तानमा सैनिक अदालतद्वारा १४ अातंककारीहरूलार्इ मृत्युदण्डको फैसला


तितोपाटी – पाकिस्तानी सैनिक अदालतले १४ जनालाई आतङ्ककारीलार्इ मृत्युदण्डको सजाय सुनाएको छ। पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका उनीहरुलार्इ शनिबार इस्लामावादस्थित सैनिक अदालतले मृत्युदण्डकाे सजाय सुनाएकाे हाे।

उनीहरु गम्भीर प्रकृतिका अपराधमा संलग्न भएको र ती अपराधहरु आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको दाबी सैनिक अदालतले गरेको छ।

सैनिक अदालतले उनीहरुलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी सैनिक प्रमुख जर्नेल क्वामार जाभेद बाजवाले जानकारी दिए।  ती १४ जना विगत लामो समययता पाकिस्तानी सेनाका अधिकृतिहरुमाथि आक्रमण गर्ने, कैयौँ पाकिस्तानी सर्वसाधारण नागरिकको ज्यान लिने, शिक्षण संस्थाहरुमा आक्रमणगरी देशको भौतिक संरचनामा क्षति पुर्याउनेजस्ता क्रियाकलापमा संलग्न रहेको पाइएको बताइएको छ। उनीहरुले विगतमा पाकिस्तानका कम्तीमा पनि २२ जना नागरिकको हत्या गरेका थिए। यसरी हत्या भएकामा तीन जना सर्वसाधारण नागरिक र अरु १९ जना सुरक्षा निकायका अधिकारीहरु रहेका थिए।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...