Thursday 30th July 2026

अमेरिकामा प्रार्थना गरिरहेकाहरूमाथि गोली चलाउँदा ११ जनाको मृत्यु


तितोपाटी – अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए। पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ‘सबै यहुदीहरू मर्नुपर्छ’ भन्दै बन्दुकधारीले गोली चलाएका थिए। राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ‘ठूलो हत्याकाण्ड’मा ‘थुप्रै मान्छे’ मारिएको प्रतिक्रिया दिएका छन्।

सन्दिग्ध हमलाकारी ४६ वर्षीय रोबर्ट बोवर्स भएको पहिचान गरिएको छ। घटनामा घाइते भएका ती हमलाकारीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। आक्रमणमा घाइते भइ उपचाररत दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सङ्घीय अनुसन्धानकर्ताहरूले गोलीकाण्डलाई घृणाका कारण भएको अपराधका रूपमा हेरिरहेका छन्।

द एन्टी डिफेमेशन लिग नामक एउटा गैरसरकारी यहुदी संस्थाले भनेको छ, “संयुक्त राज्य अमेरिकाको इतिहासमा यहुदी समुदायमाथिको यो सबैभन्दा हिंसात्मक हमला भएको हाम्रो विश्वास छ।”

राष्ट्रपति ट्रम्पले घटनास्थलको अवलोकन गर्ने बताएका छन्।

घटनापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आक्रमणकारी आफ्ना समर्थकमध्येको एक हुन नसक्ने बताउँदै तिनलाई ‘अस्वस्थ’को संज्ञा दिए।


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

प्रतिकृयाहरू
...