Tuesday 7th May 2024

काठमाडौंबाट नेपाल गोल्डेन आइडल छैटौं संस्करणको अडिसन


तिताेपाटी – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ ।

आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए ।

‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले  भने ‘अन्तिम अडिसन भने २१ पुसमा पोखरामा राखिनेछ ।’

अडिसनमा सहभागीमध्ये हरेक जिल्लाबाट गायनतर्फ पाँच तथा नृत्यतर्फ पाँच गरि कुल ३ सय २० जना प्रतियोगी पहिलो चरणमा छान्ने आयोजकको योजना रहेको छ ।

अडिसन मार्फत छानिएका प्रतियोगिहरु विभिन्न १२ राउन्ड मार्फत नृत्यतर्फ ५ तथा गायनतर्फ ५ गरी १० जनाले फाइनलमा  प्रवेश पाउनेछन् ।

आगामी चैत ३० गते शनिबार पोखरा सभागृहमा हुने प्रतियोगिताको ग्रान्ड फिनामा अन्तिम ५ मध्यबाट उतकृष्ट एकमा पर्ने विजेताले १० लाख नगद सहित बिभिन्न पुरस्कार र अवसर हात पार्ने मल्टिमिडियाका अध्यक्ष गुरुङले जानकारी दिए ।

राताेपाटी


सम्बन्धित शीर्षकहरु

हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको बताएको छ । यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म…

सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै गर्ने भएका छन् । सभामुखले आज बिहान साढे ११…

तितोपाटी-आगामी शुक्रबार अर्थात १० मे का दिन कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा अन्तर…

प्रतिकृयाहरू
...