Thursday 30th July 2026

क्रोएशियाका पुर्वप्रधानमन्त्रीलार्इ युद्ध अपराध गरेको अारोपमा जेल सजायको फैसला


तितोपाटी – एसियाका पूर्वप्रधानमन्त्री इभो सानाडरले युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले उनलाई सजाय दिनुपर्ने फैसला सोमबार गरेको बताइएको छ ।

पूर्वप्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको स्रोतसाधनको दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवानासमेत तिराउनुपर्ने फैसला सुनाएको हो ।

तर, पूर्वप्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्वीकार गरेका छन् । उनले सोही आरोपमा यसअघि नै जेल सजाय भुक्तान गरेको दाबी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

प्रतिकृयाहरू
...