Tuesday 27th October 2026

एक महिलाको भिरबाट लडेर मृत्यु 


तितोपाटी – म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेकी २६ वर्षीया सुष्मा पुनको भिरबाट लडेर मृत्यु भएको छ ।

हिन्दू धर्मावलम्बीहरुको महान चाड बडा दशैको अवसरमा टीका लगाउन माइतीघर जाने क्रममा रघुगंगा गाउँ पालिका -६ काेटगाउँस्थित ढालेगौडाको भिरबाट लडेर मृत्यु भएको हो ।

कोटगाउँस्थित माइतीघरमा श्रीमान र छोरीसहित जाँदै गरेकी पुनको बाटोबाट डेढ सय मिटर तल खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

भिरबाट बिहीबार राती खसेकी पुनको शव शुक्रबार बेनी अस्पतालमा परीक्षण गरेर शनिबार आफन्तको जिम्मा लगाइएको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्षको दसैं अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको ज्यान गएको छ भने झन्डै तीन हजार जना घाइते…

कुवेतको आतंकवाद तथा राज्य सुरक्षासम्बन्धी आपराधिक अदालतले इरान र हिजबुल्लाहसँग मिलेर वरिष्ठ सरकारी अधिकारीहरूको हत्या गर्ने षड्यन्त्र रचेको आरोपमा तीन…

नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन कूटनीतिक पहल अघि बढाएको छ। परराष्ट्र मन्त्रालयमार्फत युवा, श्रम…

प्रतिकृयाहरू
...