Thursday 25th April 2024

वर्तमान नेतृत्वबाट विकास, समृद्धि र सुशासनको अपेक्षा गर्नु बालुवामा पानी खन्याए सरह


जयनारायण माझी थारू – लोकतन्त्रमा सबैभन्दा बढी जनता प्रतिको जवाफदेहिता नै मुख्य र सुन्दर पक्ष हो तर यहाँ आफ्नो दुनो मात्र सोझ्याउने काम भैइरहेको छ । दिन प्रतिदिन जनतामा डर-त्रास, उदासिनता, महंगी, कालोबजारी, सुसासनको अप्रत्याभुती लगायतका मार सहि रहेको छ जस्तो भान भएकोछ जनतामा, वर्तमान नेपाल को परिपेक्षमा । नेपालको सार्वभौम सम्पन्न जनताद्वरा अनुमोदित हाल हाम्रो देश नेपालमा ईतिहासकै पहिलो, पुर्ण र दुई तिहाई बहुमतको सरकार छ ।

देशको हरेक पक्षबाट बलियो बनाउनको लागि नै जनताहरुले अनुमोदित गरेर देशको बागडोर सुम्पिदिएको छन । तर बिडम्बणा नै भन्नुपर्छ, नेपालको प्रजातान्त्रिक हुँदै लोकतान्त्रिक गणतन्त्र सम्मको इतिहासमा अहिले सम्म केलाउने हो भने हाम्रो देशमा असफल भएको पहिलो नेतृत्व ( सरकार) सावित भएको छ । यहाँ उदाहरणहरु प्रस्तुत गर्ने आवश्यकता नै छैन जनता सामु सबै छर्लङ्ग भैइसकेको छ । हामी मनन गरौ त, हाम्रो देश नेपाल एउटा् सार्वभौम सम्म्पन्न सङ्घिय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन पद्धतिमा चल्ने देश हो जहाँ सम्पुर्ण अधिकार संसदमा हुन्छ। सदनबाट नै ऐन नीति-नियम, विधेयक, भाबी कार्ययोजना तथा सकरकारको काम कर्तव्यलाई निर्देशन दिने समेत अधिकार हुन्छ तर संसदमा पुर्ण बहुमत भएको सरकार हुँदाहुँदै पनि किन नेपाली जनताको आवश्यकता अनुसार देशको लागि अपरिहार्य हुने खाका ल्याउन सक्दैन ? किन देशलाई कसरी बिकास र समृद्धि तिर डोर्‍याउन सक्दैन ? किन जनतालार्इ शान्ति सुरक्षाको ज्ञारेन्टी दिन सक्दैन ? कालोबजारी, भ्रस्टाचारी, बिचौलिया, गुन्डा गर्दीलाई नियन्त्रण, व्यापारीहरुलाई करको दायारामा ल्याउन किन सरकारले नसकेको ?  के साच्चिकै सरकार असफल भएकै हो त ? के अहिलेको नेतृत्वबाट विकास र समृद्धिको सपना देख्नु बालुवामा पानी खन्याएको सरह हो…?

सरकार असफल हुनुका केहि कारणहरूः 

 भ्रस्टाचार 

बर्तमान समयमा हाम्रो देशमा भ्रस्टाचार यति मौलाएको छ कि राजनीतिज्ञ देखि लिएर सरकार मातहतका कर्मचारीहरू र सुरक्षा निकायका अधिकारीहरू नै दिन प्रति दिन भ्रस्टाचार गरेर खुलम खुल्ला घुम्न सफल भएका छन् । हाम्रो देशमा एउटा सामान्य कर्माचारी देखि नेतृत्व तह सम्म पुगेको बाट नै भ्रस्टाचार हुने गरेको छ ! यसलाई नियन्त्रण गर्न कडा कानुन ल्याएर कार्यन्योयन गर्न नसक्नु नै बिकास र समृद्धि नहुनु हो ।

 कालोबजारी

कालोबजारीको त कुरै नगरौ, हाम्रो देशको नेतृत्व पंतिलार्इ समेत खरिद गर्ने क्षमता राख्छन् ब्यापारीहरुले । कालोबजारी मौलाउनुको कारण … नेपाल मा निर्वाचनको बेला राजनीतिक पार्टीहरुले ब्यापारीबाट चन्दा उठाएर चुनाव लड्छन् अनि कसरी सकोस त नेतृत्वमा पुगेपछी उनिहरु लाई कानुनी दयारामा ल्याउन । यसकारण दिन दइगुणा रात चाैगुणाका  दरले कालोबजारी बढ्दो छ । यस्तो भएपछि कसरी देशले फड्को मार्ला त ।

 दण्डहीनता

अहिलेको बर्तमान अवस्थामा दण्डहीनता यति बढेको छ कि दिनहुुँ नेपालमा चोरी डकैती, लुटपाट, जघन्य अपराध, बल्तका , हत्या हिंसा बढेको छ । नेपालको ईतिहासमा कहिल्यै पनि यसरी खुल्लम खुल्ला अपराध भएको रेकर्ड छैन । मुलुकमा सरकार भएर पनि नभए सरह भएको छ । राज्य अाफैंमा राज्य नभएर विना राष्ट्रियताको झुण्ड बस्ने स्थान भएको छ । सरकार भएर पनि नभएको अवस्था सिर्जना भएकोले दण्डहिनता बढि रहेको छ भने यसलाई रोकथाम गर्न उचित शान्ति सुरुक्षाको ब्यवस्थापन गर्न नसकेर सरकार निकम्मम प्रायः भएको छ ।

 जनता प्रति पुर्ण जवाफदेहिता नहुनु

-लोकतान्त्रिक गणतन्त्रात्मक पद्दतिको सबल र सुन्दर पक्ष नै जनताप्रतिको जवाफदेहिता हो जहाँ जनताको हरेक आवश्यकता लाई मध्यनजर गर्दै उचित ब्यवस्थापन गर्ने गरिन्छ । तर नेपालको अहिलेको अबस्था हेर्दा नेपाल सरकार जनता प्रति उत्तरदायी देखिंदैन । मै लाउँ, मै खाउँ र मै रमाउँ को पारामा सरकार रहेकोले सरकारबाट जनताले अाफ्ना हक, अधिकार खोज्नु, विकास र समृद्दिको कल्पना सम्म गर्न सक्ने अबस्था छैन ।

 न्यापालिका फितलो हुनु

कुनै पनि देशको न्यायपालिका स्वतन्त्र हुन्छ र न्यायलाई स्वतन्त्रता दिन सक्यो भने मात्र त्यस देशमा न्यायको परिधिभित्र रहेर सबैलाई समान न्याय दिन सक्छ । तर हाम्रो देशमा सबै कुरामा राजनीतिक भाग बन्डाले गर्दा न्यायपालिका अछुतो छैन । जनताको पक्षमा, न्यायको पक्षमा न्यायपालिकाले वकालत गरेर निर्णय गर्न नसके पनि त्यसै पनि जनता सरकारबाट पिल्सिने भए । यस्तो अबस्थामा कहाँबाट देश विकास हुन्छ र  अार्थिक समृद्दि प्राप्त गर्छ त ?

शान्ति सुरक्षा

कुनै पनि देश बलियो हुन त्यहाँको शान्तिसुरक्षामा निर्भर हुन्छ । शान्ति सुरक्षाको प्रत्याभुति भएमा उद्योग धन्दा कल कारखान र ब्यापार ब्यावसाय बृद्दि भर्इ रोजगारीको अवसरहरू सृजना हुन गर्इ जनतालार्इ रोजगारी र सेवा दिन सम्भव हुन्छ । सुरक्षित भएमा स्वदेशी तथा विदेशी लगानी भित्राएर देशलार्इ विकासको बाटोमा लैजान सकिन्छ । जहाँ जनता शान्ती र सुरुक्षित भयो भने आफुले जाने बुझेको सीपको उपयोग निस्संदेह रूपमा गर्न सक्छन् ।  तर हाम्रो देशमा बाह्य लगानीको त कुरै छाोडाैं अान्तरिक लगानी गर्न समेत जनता बिश्वस्त हुन सक्ने वातावरण छैन । जो कोहीलार्इ बिहान घरबाट निस्कियो भने बेलुका घर फर्किन्छ कि फर्किदैन भन्ने चिन्ता हुन्छ । जनातालाई शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्नुको  कारण हाम्रो देशले अार्थिक फड्को मार्न नसकेर सरकार असफल भएको छ ।

कार्ययोजना

बर्तमान नेतृत्व पंतिसँग न त  कुनै ठोस कार्ययोजना नै छ न त नयाँ कार्ययोजना तर्जुमा गर्न नै सकेको छ । भएभरको रास्ट्रिय बहुउद्देश्यीय आयोजनाहरुलाई आफू निहित हुने गरि विदेशीहरूलाई हस्तान्तरण गर्ने, सरकार अाँफैले कुनै पनि अायोजनाहरू संचालन नगर्ने र नेतृत्वमा रहेकाहरूले कमिशनको खेलमात्रै खेल्नाले विदेशीलार्इ हस्तान्तरण गरेका योजनाहरू समयमा पुरा नभए पछि कसरी फड्को मार्छ त देशले  । यसका लागि अाफ्नो माटो सुहाउँदो र देश काल परिस्थिति अनुसारका राष्ट्रिय गाैरवका योजनाहरू सम्पन्न गर्न सरकारले नै कार्ययोजना बनाएर स्वदेशी लगानीमा कार्य गर्न अग्रसर नभएसम्म देश विकास हुनै सक्दैन ।

समयको सदुपयोग 

नेपालमा हाल ५ वर्षको लागि स्थायित्व को सरकार छ । ५ वर्श भनेको धेरै समय हो । विकास र समृद्धिको लागि  हालको नेतृत्वले समयको महत्वलार्इ ध्यान दिएको छैन । दुर्इ तिहाइ बहुमतको सरकारले अहिले सम्म गरेको भए धेरै गर्न सक्थ्यो । तर सरकार त हनिमुन मनाए जस्तै गरेर बसेको छ । सरकारका मन्त्रीहरू र नेताहरू देश विदेशको भ्रमणमै समय खर्चिरहेका छन् । जसरी हुन्छ छोटो समयमा राज्यको ढुकुटी धेरै दोहन गर्ने खेलमा लागेका छन् । जति नै कुर्लिए पनि वा जति नै गफ लगाए पनि सरकारले काम गरेको जस्तो देखिएको छैन । सत्ता तहमा पुगेकाहरुको आ-आफ्नै रवैया छ। कोहि ठूलो ठूलो कुरा गरेर जनतालाई रनभुल्लमा पारिरहेका छन् त कोही देश विदेशको मोजमस्ती त कोहि कार्यक्रम उद्दघाटन मै ब्यस्त छन् । यसरी “उल्फाको धन फुपुको श्राद्ध” भने जस्तै गरेर जनतालार्इ ऋण माथि ऋण थप्दै समय व्यातित गरे पछि यस्तो सरकार कहिल्यै सफल हुन्छ ?

नेतृत्व तहबाट सहि सम्पादन

 सरकार तथा नेतृत्व मा बसेको हरुबाट सहि या गलत काम को सम्पादन तथा निरक्षण गर्न नसक्नु सरकार असफल हुनुको अर्को कारण हो । केन्द्र सरकार र प्रदेश सरकारका फरक फरक नीति र कार्यक्रम ल्याउने, केन्द्र सरकार देखि स्थानिय सरकार सम्मका हरेक गतिविधिमा विवाद मात्रै रहने कसैले पनि अाफ्नो जिम्मेवारी अनुसारको कार्य नगर्ने भर्इरहँदा पनि नेतृत्व तह मुकदर्शक बनेर बस्नुले पनि सरकारले देश र जनताको लागि केहि गर्न नसकि सरकार असफल भएको हो ।

प्रराष्ट्र नीति 

बर्तमान हाम्रो देशको परराष्ट्र नीति यति कमजोर देखिएको छ कि हामीलाई हाम्रै छिमेकी देशले कठपुतली झै छम छम नचाउन सफल भएका छन् । हामि एकचोटि सोचौ त तत्कालीन भारतिय प्रधानमन्त्री नेपाल भ्रमणमा आउदाको क्षण हाम्रो आफनै शान्ती सुरुक्षा नीति हुदा हुँदै , आफ्नै सेना नीति हुदा हुँदै , नेपालमा भारतिय सेनाको बेस क्याम आउनु कहाँ सम्म को न्यायोचित हुन्छ । परराष्ट्र नीति यस्तो हुनु पर्छ चाहे जतिवटै सरकार फेरियोस देशको परराष्ट्र नीति सधैं देश र जनतालार्इ माथि राखेर बनाइनु पर्छ । जनताले दिएको म्यान्डेट अनुसार अाँफु बलियो जग लिएर राष्ट्रहित हुने गरि परराष्ट्र नीति नबन्दा सम्म सधैं पछाैटेपनले सताइरहने निश्चित छ ।  हाम्रो देशमा सरकारै पिच्छै छिमेकीलार्इ जि हजुरी गर्ने नेतृत्व रहेसम्म देश र जनताले केही पाउनेवाला छैन। यस अर्थमा यो सरकार पनि छिमेकीकै पिछलग्गु भएको कारण असफल भएको छ ।

 बिबिध 

देशभक्ती र सहासले ओझेलिएको जीवन लिएर म …
समाज र देश परिवर्तन गर्न सङकल्प लिन सक्छु !

नाङ्गो आङ्ग भएर म बगेको कोशी फर्काउन सक्छु ..
गुड बिहिन चरा चुरुङ्गी जस्तै सहासिक मनस्थिति बोकेर..
म ,भुकम्पले ढलेको धरहरा उभियाउन सक्छु!!

अबको बिकल्प – सदियौ देखि प्रयोग हुँदै आएको “विकाश” शब्दले आर्थिक वृद्धिमा बढि जोड दिने हुनाले बिश्वमा नै प्रयोग हुँदै क्रमसः – दिगो विकाश , समावेशी विकासको शब्द प्रयोग भएको पाईन्छ। त्यसैले यहाँ आर्थिक वृद्धि मात्र हैन, समग्र आर्थिक समाजिक रुपान्तरण वृद्धिका साथै समावेशीता, दिगोपन र मानवीय खुशीको समेत भाव ग्रहण गर्दै बहुआयमिक समृद्धि गर्न उपयुुक्त छ जस्तो लाग्छ । साथै हामी अरुको कुरामा लाग्नु भन्दा आफ्नै बिचार-विमर्श, अन्वेषण, बिकास र समृद्धिको खाकामा प्रष्ट हुनुपर्छ भन्ने समृद्धि र बिकासको ऐतिहासिक पाटो हो । यो एउटा पाटो मात्र हैन मानिसमा अन्तरनिहित उत्पादनशिल र सिर्जनशिल क्षमताको अधिकतम प्रयोग र त्यसको समन्यायिक बितरण र उपभोगबाट समाजका हरेक व्यक्तिले सन्तुष्टि प्राप्त गर्नु नै समृद्धि हो जुन स्वतः समय सापेक्ष परिवर्तनशील हुन्छ । यसका लागि नेतृत्व पंतिले देश र जनताको पक्षमा कार्य गर्छु भन्ने दृढ संकल्प गरेर कार्य गरे अझै पनि समय बितेको छैन । राजनीति गर्नेहरूले राजनीतिलार्इ कमार्इ खाने भाँडो मात्र नबनाएर यसलार्इ समाज सेवाको पर्यायको रूपमा लिएर राजनीति गरेमा, राजनीतिलार्इ अाँफु अनुकुल मात्र प्रयोग नगरेर इमान्दार र नैतिकवान नेता बनेर देश र जनताको लागि कार्य गरेमा देशले काँचुली फेर्न समय लाग्दैन । सम्पुर्ण अहङ्कार तथा आफ्नो महत्वकांक्षा एवं व्यक्तिगत स्वार्थलार्इ त्यागेर निस्वार्थ भावनाले देश र जनताको लागि सोचेर कार्य गर्यो भने देश विकास र समृद्दि हुन धेरै समय लाग्दैन ।

 


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...