Thursday 27th August 2026

पपुवा न्यु गिनीमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प


तितोपाटी – पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ। सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्काे शक्तिशाली परकम्प पनि गएको बताइएको छ।

पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख गरिएको छ। तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन। यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ।

पपुवा न्यु गिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ। प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...