Tuesday 19th May 2026

अमेरिकामा शक्तिशाली अाँधी, अलबामा, जर्जिया र फ्लोरिडामा अापतकाल घोषणा


तितोपाटी – मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी आएको छ । हालसम्म कम्तिमा १४ जनाको मृत्यु भएको खबर छ । २५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको यो आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको छ । अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।

फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘विना कुनै आवश्यक धन कुनै पनि व्यक्तिलाई आफ्नो घर छाड्न सजिलो छैन । केही क्षेत्र निकै गरिब छन् । उनीहरुका लागि हामीले केही बसहरु पठाएका छौं । मानिसहरुलाई सुरक्षित स्थानमा सार्न हामी धेरै प्रकारले कोशिस गरिरहेका छौं ।’

यो आँधीले अकल्पनीय विनाश निम्ताउने चेतावनी त्यहाँको आँधी तुफान केन्द्रले दिएको छ । फ्लोरिडाका गर्भनर रिक स्कटले यो आँधी एक सय वर्ष यताको सबैभन्दा खतरनाक भएको बताएका छन् ।

माइकल तुफानले अमेरिकाको पूर्वी तटमा बढी असर गर्ने बताइएको छ । यसको प्रभावको कारण ठूलो पानी पनि पर्ने छ । यो त्यही क्षेत्र हो जुन गत महिना आएको फ्लोरेन्स आँधीले तहसनहस पारेको थियो । राम्रोसँग बौरिन नपाइ फेरि माइकल आँधीले त्यहाँका बासिन्दालाई घरबारविहीन बनाइदिएको छ ।

राष्ट्रिय तुफान केन्द्रले सुरक्षित स्थानमा जान नसकेकाहरुलाई घरबाहिर ननिस्किन भनेको छ । ‘तटीय क्षेत्रका बासिन्दा शान्त वातावरण देखेर बाहिर ननिस्किनु होला किनभने खतरनाक हावा निकै तीव्र गतिमा अघि बढेको छ,’ चेतावनी जारी गर्दै भनिएको छ ।

फ्लोरिडाका गर्भनर रिक स्कटले भनेका छन्, ‘अब घर छाडेर सुरक्षित स्थानमा जाने समय पनि छैन । यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने आफ्नो घर नछाड्नुहोस् । तटीय क्षेत्रबा निस्कने समय सकिइसक्यो । स्थानीय अधिकारीहरुले भनेअनुसार गर्नुहोला । यदि तपाईं इनलैन्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंलाई आश्रय लिने अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीहरुले सुरक्षित स्थानमा लगेमा मात्रै ।’

राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरुलाई आँधीले क्षति पुर्‍याउन सक्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

प्रतिकृयाहरू
...