Sunday 21st June 2026

डाक्टरले नै मृत घोषित गरेको ८ घण्टा पछि मुर्दा व्युँतिएपछि…


तितोपाटी – गाउँका बुढापाकाहरुले मर्ने बेला यमदूत लिन आउने, आफूसँग मानिसहरु लगेको र फेरि उनीहरुलाई फिर्ता छाडिदिएको कथा सुन्नु भएको होला । यस्तै घटना भारतको गुरदासपुरको छिमेक इस्लामावादमा बिरोदेवीमा घटेको छ । यस घटनालाई देखेकाहरु यसबाट हैरान छन् ।

मृत घोषित गरिएकी बिरोदेवीको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । परिवारजन विलाप गरिरहेका थिए । यहीबीच उनी उठेर बसेकी हुन् । घटनापछि बिरोलाई राखिएको सिविल अस्पतालमा उनलाई हेर्न जाने मानिसहरुको भीड लागेको छ ।

बिरोदेवी शुगरको बिमारी हुन् । अघिल्लो सोमबार राति अचानक उनको सास रोकियो । परिवारजनले त्यसपछि उनलाई गुरदासपुरको सिभिल अस्पताल लिएर गए । अस्पताल जानासाथ डाक्टरले उनलाई मृत घोषणा गरे ।

मृत्यु भएको बिरोदेवीलाई परिवारले घर फिर्ता लिएर आए । घर फर्काइसकेपछि परिवार अन्तिम संस्कारको तयारीमा लागे । आठ घण्टासम्म मृतकका नातेदारहरु आउने क्रम जारी रहेकाले लास उठाइएको थिएन ।

आठ घण्टासम्म उनका आफन्तहरु उनको अनुहार अन्तिम पटक हेर्न आइरहेको थिए । यही क्रममा जब एक जना नातेदार महिलाले रुँदै आफ्नो हात केही जोडले बिरोदेवीको छातिमा राखिन् तब उनको सास चल्न थाल्यो । त्यसपछि बिरोदेवी उठेर बसिन् । त्यहाँ उपस्थित सबै मानिसहरु दंग परे । केही त आतकिंत भए ।

उठ्ना साथ बिरोदेवीले भनिन्,“मलाई गल्तीले लिएर गएका थिए । अर्को घरको महिलालाई लानु पर्ने मलाई लगेका छन्, म त स्वर्गको चक्कर लगाएर फर्किए ।

बिरोदेवीले दोहोराएर सास फेर्न थालेपछि उनलाई पुनः सिभिल अस्पताल लगियो । हाल पनि उनको त्यहाँ उपचार भइरहेको छ । महिला पुनः जिउँदै भएको खबरले उनको सहरमा सानो तिनो तरङ्गनै ल्याएको छ । मानिसहरु उनलाई हेर्न सिभिल अस्पताल आइरहेका छन् ।

बिरोदेवीको छोरी ज्योतिले बताए अनुसार सोमबार राती उनीहरुले आमालाई अस्पताल लिएर आएपछि डाक्टरले केही चेकअप गरे र बिरोलाई मृत घोषणा गरे । ज्योतिको भनाईमा उनको आमाको ईसीजीजस्तो कुनै टेस्ट गरिएन ।

सिभिल अस्पतालको हृदय रोग विशेषज्ञ डा. मनजिन्दर सिंह बब्बरका अनुसार ईसीजीको रिपोर्ट प्लेन नआएसम्म बिरामीहरुलाई मृत घोषित गर्न सकिँदैन ।

बिरोदेवी सुगरको बिरामी हुन् । उनी सिभिल अस्पतालमा पहिले पनि उपचारको लागि आइरहेकी थिइन् । त्यो दिन बिरोको शूगर लेबल एक्कास्सी कम भएर उनी बेहोस भएको हुन सक्छिन् ।

गुरदासपुरको सिभिल अस्पतालका सर्जन किशन चन्दले जिउँदो रहेकी महिलालाई मृत घोषित गरेको ममालामा एसएमओबाट जाँच हुने बताए । चन्दले यदी कोही डाक्टरबाट हेलचक्राई भएको पुष्टि भए कारबाही हुने बताए ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी उपराष्ट्रपति J. D. Vance ले इजरायली मन्त्रिपरिषद्का केही सदस्यहरूलाई सार्वजनिक रूपमा दिएको चेतावनी सामान्य कूटनीतिक टिप्पणी मात्र होइन, अमेरिका–इजरायल…

इरानले दिवंगत सर्वोच्च नेता Ayatollah Ali Khamenei को अन्त्येष्टि कार्यक्रम जुलाइ ४ देखि ९ सम्म सञ्चालन हुने घोषणा गरेको छ।…

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

प्रतिकृयाहरू
...