Friday 29th March 2024

मनोवादः जिन्दगी


-मनिष अम्गार्इं

प्रिय जिन्दगी,

आज तिमीलार्इ सम्झेर केहि कुरा गर्न मन लागेको छ । हुन त तिमी सम्बोधन अलि आत्मियता लागेन मलार्इ त्यसैले तँ भनेर सम्बोधन गर्छु। हुन त तँलार्इ कहिले पनि सम्झिन्न भन्छु सम्झिन पर्छ। यो बाध्यता हो कि नियति हो, तेरो नाममा मैले धेरै गल्ती गरेको छु केही जानाजान केही अन्जानमा । खासमा जान्ने भएपछी अन्जानमा गल्ती गरिदैन, तर मैले बारम्बार गल्ती गरिरहें । गल्ति गर्दिन भन्दा पनि भइरहन्छ नजान्दा नजान्दै कतिपय कुरा जाने जस्तो गरेर थानका थान सबाल नबुझ्दा नब्झ्दै बुझे जस्तो गरेर जटिल कुरालाई सहज रूपमा लिएर तर जिन्दगीमा सहज बनाउन नसकेर सरल भन्दा पनि सरल कुरालार्इ जटिल बनाएर जबान हुँदै बुढोको जस्तो व्यबहार गरेर ।

यी र येस्तै अरु भुलहरुले जिन्दगीको एउटा भुलभुलैया तयार परिदियो मान्छेलाई । भुल्न र अलमलिनको लागि कुनै ठुलो कुरा चाहिदैन रहेछ । आफ्नो जिन्दगीको रमितामा पनि म रमाइ रहें बिगतको तमाम घटना र दुर्घटना सँगै अल्मिलिदासम्म ठिकै ह्न्छ बल्झिंदा भने म उत्पात बिउंझिन्छु। हो गल्ती जानाजान नै गरिन्छ अन्जान भयो भन्नू आत्मरती मात्र हो बहाना वा तेस्तै केही हो । गल्ती गर्दा सामान्य मान्नु वा सम्झनु गलत हो किनकी स्वभाविक र अस्वभाविक जे पनि हुन्न सक्छ त्यसको परिणाम । भए गरेका गल्तीलार्इ सामान्य सम्झिदिंदा हर एक गल्तीले अर्को गल्ती गर्न साहस जुट्छ र जुटाइन्छ । गल्ती भएपछि साहस र दुस्साहस एक न एक त हुनु नै पर्छ । हर एक बहानामा, सनक, लहडमा मैले पनि गरे यो अती सामान्य कुरो हो । धेरै जसो मानिसले गर्ने गल्ती मैले पनि गरे यो अति सामान्य कुरो हो । कसैले नगर्ने मैले मात्र गर्ने त होईन नि ?

कहिले कसैले सोध्यो भने जिन्दगी जेन्तेन ठिकठाक छ। धरी यता घरी उता १४-१५ बर्षको उमेर थियो जिन्दगी का केही साना अनुभव आकस्मिक हुन थालेका थिए । १६ तिर आफैलाई भने के गलत के सहि ? जिन्दगी बारे आफ्नो आयुको ठेगान छैन यहा के गलत के सहि ठेक्का लिनलाई त मेरो जिन्दगीको ठेकेदार पनि तँ होईन कुनै चिजको ठेगान नभएको यो नाथे जिन्दगीको ठेक्का लिनु धरापको ब्यापार हो । छोड्दे कति माया गर्छ्स यो भाते जिन्दगीको ? माया गरेर म आफैलाई भाते बनाउनु छैन जिन्दगीमा गरेका गल्तीलाई सम्झि ल्यायो कतिपय गल्ती सहि हुन्छ कतिपय सहि गल्ती भइ जान्छ । समयले गर्दा गल्तीको पनि फरक फरक परिणाम निस्किदिन्छ र यो नै स्वभाबिक हो।

आमाको गर्भमा लुकेको मेरो यो भबिष्यले के बताउला के सही के गलत, गल्ती नगर्ने हो भने म बाच्नुको कुनै मतलब छेन । बाच्म के सही के गल्ती सबैथोक शिरोधार्य गरेर अघि बढ्नु पर्छ ।फेरी यो किशोरावस्थामा चुरीफुरी डरलाग्दो हुन्न्छ । सही उव्जाको गलत प्रयोगको काल हो गर्न हुने-नहुने कामको कचकच बुबाले सुनार्इरहे ।

आयु छोटिंदै गर्दा खुशी हुन पाउने खास कुनै काम गरेको छैन । अट्टहास हाँस्दै मर्न सक्ने गरि सन्तोष संगाल्न सकेको छैन । के होला यो श्रीमतीलार्इ तिम्रो सेक्रेटरी यो नै हो भनेर दिने कुनै ठोस प्रमाण छैन । समग्र परिबारको इज्जत बढ्ने येस्तो कुनै काम पनि गरेको छैन । साथी भाइको लागि गर्वको कुरा हुन सक्ने कुनै कुराहरु गर्न सकेको छैन । यी सबको लागि धेर थोर वच्न बाच्न र थोरै मर्दै गरि बाँचेको भए सम्भब हुन्थ्यो होला । येस्तो गर्न सकिन मैले गल्ती गरे खुशी मानेका सबै माहोल र पलहरुलाई जोड्यो भने यो भन्दा पनि बढि असन्तुष्टि आउँछ । असन्तुष्टि किन भने म असल श्रीमान, पुत्र, पिता, प्रेमी, मित्र मध्ये कुनै एक पनि हुन सकेको छैन । आधा जिन्दगी त बितिसक्यो । जिन्दगीको आधा हिस्सा केही पनि हुन नसकेर बित्यो बाँकी अरु हुने कोशिसमा बित्ने छ । यस्तो हुनुको पछाडि मेरो अाफ्नै लापरवाही र गैरजिम्मेवारपन नै दोषी छ ।

कहिलेकाही आफ्नो मनमा रमाइला सपनाहरू देखिन्छन् ती के हुन् भने अबको १० बर्ष पछाडि आफू कस्तो भएको देख्न चाहान्छस भन्ने प्रश्न सोध्यो भने म सँ ग त्यसको उत्तर छैन । कम्तीमा उतर भएको भए केही न केही भैसक्थ्यो । हुनत यस्ता सपनाहरू धेरै नै देखि सके अरु सबै येसरी नै बिलाए। आज सम्म कुनै मिसन लगातार गर्न सकेको छैन ।कतिपय मिसनहरु चाहेर पनि पुरा गर्न सकिन कति नचाहेर आफ्नै मिसनहरु आफै संग बाचिरहन सकेनन, मैले बचाइराख्न सकिन । तसर्थ सिजन सिजनमा मिसन बदलेर उपाय नास्ती नभयपछी जिबन पनि नास्ती हुन्छ सिजनल मिसनका साथ बाँचें । आज त्यही सिजनल मिसन पनि म सँग छैन । आज जेनतेन जिन्दगी जिउँदै छु  जल्छु, पोलिन्छु तर अाशा पलाउन छोडेको छैन र त जिउँदै छु ।सम्पतीको नाममा केही जोडिन । केही छैन कमाएं सिध्याएं,  कमाय पनि के भन्नु तेस्तै भयो बचतको नाम मा खाता मात्र छ । थाहा थियो बचत गरे बाच्न धौ धौ , बाँचे बचत गर्न । बाँच्नु कि त बचत गर्नुको दोधारमा बाच्न खोजेंm यही पो गल्ती गरे  कि ! अलिकति बचत गर्न र अलि अलि बाँच्न तेस्तै निम्नबर्गिय मान्छेका लागि बुदिमानी हुँदो हो । फेरि यो उमेर कस्तो अलिकति माथि लागेपछि परिस्थितिले बुढो बनाउदै लगेपछि ब्यवहारिक भएर बिताउनु पर्ने उमेर हावा हावामा बहकिएर सिध्याएं ।अब हुनुको के अर्थ नहुनू को के ?

न अधैर्य सधै गलत हुन्छ न त सधैं सहि ? यो त समय अनुसारको कुरा हो। देबकोटाले भनेझैं “हातका मैला सुनका थैला के गर्नु धनले” होइन रहेछ । देवकोटा दाइ गलत विचार फिंजाएर गयाै । ब्यापारमा असफल मान्छे हु म, जागीर मा त झन भन्नै परेन ।आफ्नै नेतृत्व सम्झे भने जोक जस्तो लाग्छ अनि आफै सँग झोकिन मन लाग्छ । सधैं योजना बनाइरहे कार्यान्वयन गरिन । कहिले योजना नै बनाइन हावादारी लगानी मात्रै गरिरहे कति बनाए बनाए, अनुबाद र अनुभव गर्न सकिन । फेरि निम्न मध्यबर्गिय परिबारमा जन्मे पछी खातका खात फिरी फिरि मा मिल्छन भने गुमाउनु केहि छैन । जोखिम असंख्य मोलें त्यस्तो चमत्कारिक घटना कहिल्यै घटेन । सायद चमत्कार हुने गरि बनेको योजनाको अनुबाद नै भयेन डृमिङ इज नट भने(dreaming never cost anything, so keep dreaming) गलत गरे ढुक्क हुनुस कुनै दुबिधा छैन झुरै मान्छे उ म सबैले शिक्षा शिक्षा भने इच्छा कहिले पनि सोधेनन ।अहिले आएर हो के रे जस्तो लाग्छ।

मैले शिक्षामा जोड दिएं, इच्छा त्यस्तै सानो तिनो ब्यापार गर्न आधारभुत शिक्षाको गणित काफी थियो। हुँदा खादाको भुत सबार गराइदिए मान्छेहरुले। म त्यसैमा सवार भएर बिद्यालय गएं। गये भनु मात्र भयो त्यहाँ खर्चको समयको खती कति हो कति ? सायद त्यो सत्कर्म नै थियो तैपनि मलाई ठुलो पछुतो छ केमेस्ट्रि साइन्स र स्नातक कानुनको ड्र्प आउट अङ्ग्रेजी साहित्यमा आमसञ्चारमा स्नातकोत्तर काम करिअर को चित यी सबै जोक जस्तो छ के गर्नु । प्रेम गरे, रक्सी चुरोट चिया सङ औधी प्रेम गरे । किताब साधु सन्त कविसँग पनि अति प्रेम गरें । प्रेमिकाहरु सबै सङ्ग उत्पात प्रेम गरें, हरेक प्रेम लत बन्यो । आफैलार्इ आफ्नो बसमा राख्न नसक्ने गरि प्रेम गर्नु पनि गल्ती हो, चाहे त्यो नसा होस वा प्रेयसी  । यो उमेरमा मान्छेलाई कि चाहिने भन्दा बढी परिपक्व बनाउछ वा आवारा वाकहिले अति परिपक्व । यो निर्णयले पनि कतिपय रेसहरु “सम्झना बिर्सना सलल” मै गए । कहिले पशुपति नाथको अाकृति नभेट्दा निदाउन सकिन कहिले पर्पल हेज को लाइभ म्युजिक नसुन्दा निदाउन सकिन त कहिले मदिरा र मन्दिर दुबै नभै भएन ।

लत माथि लत थपिंदै गए तर आफैले बसाएको लत घटाऊन कहिले पनि सकिन । निरिह, असहाय एवं दया लाग्दो भएको छु अाफ्नै लतको कारण अहिले । माथिका लत कुलतहरु कुनै न कुनै लहड बहानामा जन्मिएका हुन् । खोजी बस्छु त्त्यस्तै कुनै यस्तो सनक लहड झयाप्प अाए की त्यसको हत्त्या गर्न सकुँ । अहँ  ! आएन आजसम्म । आसा त नभनु समयले ल्याउला
– अब आफ्नो ज्ञान क्षमता हसियत सवै भुलेर जिविकाेपार्जन तीर केन्द्रित भएं । जीबीका चल्ल्दै गयो, गइहाल्छ पनि । ति अनेक गल्तीहरु सम्झंदै गुम्सिएर थुनिएर रोगी भएको छु । अब उमेर ढल्कंदै गर्दा बा आमा श्रीमतीको पनि जिम्मेवारी बढ्दौ रहेछ । म भने जहाँको त्यहिँ छु । आजकाल घाटा मात्रै हेरिरहेको छु अर्को गल्ती गरीरएको छु । गल्ती हर कोहिले गर्छन् । यो अती सामान्य हो यद्यपि आशाको मिसकलहरु आउँछ्न रीसीब गर्न भ्याएको छैन त्यही एउटा काम बाकी छ । अाशा पनि तही कारण बस मरो सम्म्भवित सुन्न्दर करीयर खाडीमा मिल्किएको छ । गुनासो नगरी मूल्य चुकांउदै छु हर दिन जिन्दगीको एउटा टुक्रा भेटि चाढाउँछु । ज जस्ले जे जे मेटाए पनि आफ्नो इतिहास कसैले पनि मेटाउन सक्दैन ।अब पुरानो गल्तीको मुल्य छ, अमुल्य छन् ती अब एउटा इच्छा छ कि ति गल्तीहरुको हत्या गरूं तर ति गल्तीले जिबनको भेटि नै मागछन् । डर पो लाग्छ अब शारीरिक अब्स्था पनी खतरा तीर उन्न्मुख छ । अब सुर्ताएर केही हुनेआला छैन। अब त यही जिवनलार्इ सहज रूपमा लिएर जे छ त्यसैमा खुशीका साथ बाँच्नु छ । “Take It Easy, Live With Happy.”


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...