Wednesday 26th August 2026

मदिरा सेवनको कारण प्रत्येक वर्ष ३० लाख मानिसको मृत्यु


तितोपाटी – सन् २०१६ मा संसारभर मदिरा सेवनबाट ३० लाख मानिसको मृत्यु भएको बताइन्छ, जसमध्ये तीन चौथाइ पुरुष थिए । प्रत्येक २० अकाल मृत्युमा १ को मृत्यु मदिराका कारण भएको छ । विश्व स्वास्थ्य संगठनले हालै मदिरा र स्वास्थ्यका सम्बन्धमा प्रकाशित गरेको ग्लोबल स्ट्याटस रिपोर्ट–२०१८ मा उक्त तथ्य उल्लेख छ ।

रिपोर्टअनुसार संसारभर २ अर्ब ३० करोड मानिस मदिरा पिउँछन् । मदिराका कारण हुने मृत्युमध्ये अधिकांश मृत्यु दुर्घटनामा परेर वा मारपिटमा भएको छ । २८ प्रतिशत मृत्युको कारण यही छ भने पाचनसम्बन्धी गडबडीका कारण २१ प्रतिशतको मृत्यु भएको पाइएको छ । संसारमै सर्वाधिक मदिरा पिउनेमा युरोपेलीहरू अग्रपंक्तिमा छन् ।

त्यहाँका १४ दशमलव ८ प्रतिशत पुरुष तथा ३ दशमलव ५ प्रतिशत महिला मदिराको लतमा छन् । अमेरिकीहरू यसमा दोस्रो नम्बरमा छन् । अमेरिकाका ११ दशमलव ५ प्रतिशत पुरुष तथा ५ दशमलव १ प्रतिशत महिला मदिराको लतमा छन् । दक्षिण–पूर्वी एसिया, पश्चिमी प्रशान्त क्षेत्र तथा दक्षिण अमेरिकी देशहरूमा समेत मदिराको खपत बढ्दो मात्रामा छ ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...