Sunday 26th July 2026

प्राकृतिक गर्भनिरोधक विधिः एक जानकारी


तितोपाटी – कहिले काहीँ अनिच्छित गर्भ रहन्छ, जो दम्पतीका लागि टाउको दुखाईको विषय बन्न सक्छ । यसले शारीरिक पीडा र मानसिक तनाव दिन्छ । हुन त अनिच्छित गर्भबाट बच्ने केही साधन तथा चिकित्सा विधीहरु उपलब्ध छन् । तर, ति विधीहरुको केही न केही साइड इफेक्ट रहन सक्छ । आफुले नचाहेको गर्भबाट बच्नको लागि प्राकृतिक गर्भ निरोधक विधिको प्रयोग गर्न सकिन्छ । यसको कुनै पनि साइडइफेक्ट पनि हुँदैन ।

गर्भनिरोधक परिवार नियोजनको लागि अपनाइन्छ । गर्भनिरोधकको माध्यमले बच्चाको जन्म माथि नियन्त्रण लगाइन्छ । गर्भनिरोधक सुझबुझको साथमा अपनाइने तरिका हो । यसको लागि विभिन्न तरिकाहरु छन् तर कृत्रिम गर्भ निरोधकभन्दा प्राकृतिक रुपले गर्भनिरोधक विधि अपनाउनुका धेरै फाइदाहरु छन् । यसको सबैभन्दा महत्वपूर्ण फाइदा यसको कुनै साइडइफेक्ट हुँदैन ।

नचाहेको गर्भबाट बच्नको लागि अपनाइने सबैभन्दा प्रभावकारी तरिका गर्भनिरोधक चक्कीहरुलाई मानिन्छ । तर, यसका केयौं खतरनाक साइडइफेक्ट पनि हुन्छन् । यदि समयमै -यौनसम्बन्ध राखेको ७२ घन्टाभित्र) यसको प्रयोग गरिएन भने वा यी औषधिहरुको अधिक प्रयोग गर्नाले बाँझोपनको समस्या पनि हुन्छ । त्यसै कारणले पनि प्राकृतिक गर्भनिरोधकलाई जन्म माथि नियन्त्रणको लागि सबैभन्दा राम्रो तरिका मानिन्छ ।

औषधी वा अन्य गर्भनिरोधकको तुलनामा प्राकृतिक गर्भनिरोध धेरै प्रभावकारी हुन्छ । चीनमा भएको एक अध्ययनलाई मान्ने हो भने प्राकृतिक रुपले अपनाइएका गर्भनिरोधक प्रभावकारी हुने सम्भावना ९७ देखि १०० प्रतिशत सम्म हुन्छ । अर्थात यो पूर्ण रुपले सुरक्षित तरीका हो ।

यस्ता छन् प्राकृतिक गर्भनिरोधकका फाइदाः

स्तन क्यान्सरबाट बचाउँछ

हालसालै गरिएका केही अध्ययनहरुलाई मान्ने हो भने गर्भनिरोधको लागि प्रयोग गरिने चक्कीहरुको अत्यधिक सेवन गर्नाले स्तन क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

प्राकृतिक गर्भनिरोधक विधिको प्रयोगले यस प्रकारको कुनै खतरा हुँदैन । अर्थात यसले तपाईंलाई ब्रेस्ट क्यान्सर जस्ता प्राणघातक रोगहरुबाट बचाउँछ ।

यौन क्षमतामा असर गर्दैन

गर्भनिरोधक चक्कीहरुको प्रयोग गर्ने महिलाहरुको यौन क्षमता पनि प्रभावित हुन्छ र यौन सम्बन्धप्रति उनीहरुको रुची समाप्त हुन्छ । तर, प्राकृतिक गर्भनिरोधक विधि अपनाउने हो भने यस्तो हुँदैन ।

अर्थात यसको प्रयोगले तपाईंको यौन क्षमतामा कुनै कमी आउँदैन । प्राकृतिक गर्भनिरोधक विधिको अपनाएर तपाईंले भरपुर मात्रामा यौनसन्तुष्टी पाउन सक्नुहुन्छ ।

शरीर स्वस्थ हुन्छ

नचाहेको गर्भ माथि नियन्त्रणको लागि यदि तपाईं पनि चक्कीहरुको प्रयोग गर्नुहुन्छ भने त्यसले स्वास्थ्यलाई पनि असर गर्छ ।

कन्ट्रासेन्टिभ पिल्सको धेरै प्रयोगले टाउको दुख्ने, जीउ दुख्ने, अनिन्द्रा, भोक नलाग्ने जस्ता समस्या हुन थाल्छ । तर, प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्दा यस्तो हुँदैन ।

हार्मोन सन्तुलित हुन्छ

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्नाले महिलाहरुलाई शरीरमा हुने हार्मोनल परिवर्तनमा कुनै समस्या हुँदैन । तर, गर्भनिरोधक चक्कीहरुको प्रयोगले भने महिलाको महिनावारी पनि प्रभावित हुन सक्छ ।

धेरै सजिलो विधि

प्राकृतिक गर्भनिरोधकको प्रयोग गर्न धेरै सजिलो छ । तपाईंले महिनावारी पछि आउने ओभ्युलेसन पिरियडको क्रममा भने यौन सम्बन्ध नराख्नुहोस् । यो भनेको महिनावरी भएको १२ देखि १९ दिनसम्मको अवधी असुरक्षित मानिन्छ । यी बाहेकका दिनमा तपाईंले जहिले पनि यौन सम्बन्ध राख्न सक्नुहुन्छ र आफूले नचाहेको गर्भबाट बच्न सक्नुहुन्छ ।

पूर्ण सन्तुष्टि प्राप्त हुन्छ

प्राकृतिक गर्भनिरोधकले यौन क्षमतालाई प्रभावित गर्दैन । तपाईं यो विधिको प्रयोगले आफ्नो यौनजीवनको भरपुर मजा उठाउन सक्नुहुन्छ । यसको प्रयोगपछि पार्टनरले पनि कहिल्यै तपाईंसँग गुनासो गर्दैनन् ।

पैसा लाग्दैन

गर्भनिरोधको लागि प्रयोग गरिने औषधिहरु किन्नको लागि तपाईंले हजारौं रुपैंया खर्च गर्नुपर्ने हुन्छ तर, प्राकृतिक गर्भनिरोधकको सबैभन्दा विशेष फाइदा यो पनि हो कि यसको प्रयोग गर्न पैसा खर्च हुँदैन ।

जिम्मेवारी महसुस

प्राकृतिक रुपले गर्भनिरोधकको प्रयोगले आफूले नचाहेको गर्भबाट छुटकारा मिल्नेे मात्रै होइन यसले तपाईंलाई र पार्टनरलाई जिम्मेवारीको महसुस पनि गराउँछ । यस कामको लागि केवल महिलाको मात्रै होइन पुरुषको पनि जिम्मेवारी हुन्छ । यसको एक विशेष कुरा अर्को पनि छ कि यो तरिकाको प्रयोग गर्दा तपाईं आफूले चाहेको बेलामा आमा बन्न पनि सक्नुहुन्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न आह्वान गर्दै अब त्यसका लागि उपयुक्त समय आएको बताएका…

यमनको हुथी विद्रोही समूहले साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अराम्को का जिजान र यान्बु क्षेत्रमा रहेका सुविधामाथि क्षेप्यास्त्र तथा…

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना हुँदा यसले यो क्षेत्रलाई शान्ति, समृद्धि र साझा विकासतर्फ लैजाने ठूलो आशा जगाएको…

प्रतिकृयाहरू
...