Thursday 27th August 2026

इन्डोनेसियामा शक्तिशाली भुकम्प जाँदा मर्नेको संख्या ४८ पुग्यो


तितोपाटी – मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ जनाको मृत्यु भएको छ। प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले अन्य ३६५ जना घाइते भएका शनिबार जानकारी दिएका छन्। घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए । पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएकाे जानकारी दिए।

मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ। प्रकोपबाट मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्नीच्युडको भूकम्पबाट पिडित व्यक्तिहरु रहेका छन्। उनीहरुलाई इट्टा र ब्लकले लागेको पनि प्रवक्ता नुग्राहोले बताए।

तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ। त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अधिकारीहरुको भनाई छ। खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन्। तर के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु आउन बाँकी नै रहेको छ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका कामहरु पनि गरिरहेको प्रवक्ता नुग्राहोले बताए। भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ।

विश्वका अन्य देशहरुको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ। सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...