Tuesday 24th March 2026

कम्पनिले तलब नदिएपछि कतारमा एक नेपालीले गरे आत्महत्या


तीतोपाटी- वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीले आफुले काम गरेको पारिस्रमिक नपाए पछी कतारमा आत्महत्या गरेका छन। कतारको एक्वा मास्टर्स कम्पनीमा बिगत ५ बर्ष देखि कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमान सिंह जिम्बाले गत सोमबार कम्पनी होस्टेल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको कतार बाट बिबि खरालले जानकारी दिएका छन।

गत मार्चमा ३ महिनाको घरबिदा सकेर पुन कतार पुगेका जिम्बा बिगत ५ महिना देखि कम्पनीले तलब नदिएकै कारण डिप्रेसनमा रहेका थिए ।
रोजगारीका लागि साइप्रस पुगेका भाइको उतै निधन भएपछि २०१० जिम्बा कतार गएको र कम्पनीले लामो समय सम्म तलब नदिएपछी मानसिक तनावकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

उक्त कम्पनीमा ४४ जना नेपाली सहित ७७ जना आप्रवासी कामदारले लामो समय सम्म तलब पाउन नसकेको खरालले जानकारी दिएका छन।
यता घटना बारे कतार स्थित नेपाली दूतावासलाई पटक पट्क सम्पर्क गरेर जानकारी गराउन खोज्दा समेत सम्पर्क हुन नसकेपछि मृतकको सव नेपाल पठाउने र आबस्यक कानुनी प्रक्रिया पूरा गर्न काम अधुरै रहेको खरालले बताएका छन।

मृतक जिम्बाको घरमा श्रीमती एक छोरा र एक छोरी रहेकी छिन ।

( पत्रकार सुशान आचार्य,कतार )


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...