Monday 18th May 2026

तान्जानियामा डु्ंगा दुर्घटना, २०९ जना भन्दा बढीको मृत्यु


तितोपाटी – तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा हुँदा २०९ जना भन्दा बढीको मृत्यु भएको छ ।

१०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ। हालसम्म करिब ५० जनालार्इ जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि हुनुसक्ने जनाइएको छ।

बुगोरोराबाट युकेरेवे टापुको किनारमा आउँदै गर्दा एमभी न्यरी’ नाम दिइएको उक्त डुंगामा क्षमताभन्दा बढी यात्रु रहेकाले तिनीहरु एकै दिशामा ढल्किँदा दुर्घटना भएको जनाइएको छ।

उक्त डुंगाका चालकलार्इ पक्राउ गरी प्रहरीले घटना बारे विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ। तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले घटनामा दोषी रहेका सबैलार्इ पक्राउ गर्ने निर्देशन दिएका छन्।

घटना लगत्तै मागुफुलीले सबैलार्इ संयमित रहन आग्रह गरेका थिए। यता, विपक्षी दलका नेता जोन निइकाले भने तान्जानियमा धेरै यात्रु राखेर यात्रा गर्दा धेरै पटक डुंगा दुर्घटना भएता पनि सरकारले त्यसप्रति ध्यान नदिएको भन्दै सरकारको चरम लापरवाहीले दुर्घटना भएको आरोप लगाएका थिए।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...