Thursday 27th August 2026

मलेसियाका पुर्वप्रधानमन्त्री नाजिब रजाक पक्राउ


तितोपाटी – मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाक बुधवार पक्राउ परेका छन्। राज्य लगानी कोषको रकम अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन्।

नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो। गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो। उनको गठबन्धनले नै अहिले सरकार बनाएको छ।

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाएका थिए। नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमितता सम्बन्धी सात वटा आरोप लगाइएको थियो तर पक्राउ भने हिँजो बुधबार गरिएको हो। पक्राउ परेका नाजिबलाई उनका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लागिएको भ्रष्टाचार विरुद्धको आयोगले जनाएको छ। रासस


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...