Monday 18th May 2026

फिलिपिन्स र अमेरिकामा अाएको अाँधीको कारण ४० भन्दा बढिको मृत्यु


तितोपाटी – फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ। आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन्।

त्यस्तै, मकाउ इन्टरनेशनल एयरपोर्टबाट १६० उडान रद्ध गरिएका छन्। उक्त क्षेत्रका ९ सय मानिसहरू सुरक्षित स्थानमा १६ वटा अस्थाई टहरामा सरिसकेको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ। उक्त आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या २८ पुगेको छ। उत्तरी फिलिपिन्समा विध्वंशकारी आँधीले लुजोन आइल्याण्डमा तहसनहस गरेको बीबीसीले जनाएको छ। उक्त आँधीले ४२ वटा पहिरो तथा ठूलो बाढी निम्त्याएको छ।

प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको बताइएको छ। आँधीले उक्त क्षेत्रमा सबैजसो घरहरुमा क्षति पुर्याउनुका साथै ठूलो मात्रामा बाली नष्ट गरेको छ। जसले खाद्यान्न संकट उत्पन्न हुन सक्ने भन्दै अधिकारीले चिन्ता व्यक्त गरेका छन्। प्रतिघण्टा दुई सय किलोमिटरको बेगमा गइरहेको आँधीका कारण सञ्चार तथा विद्युत् अवरुद्ध भएको छ भने, एक लाखभन्दा बढी मानिसहरू अस्थायी टहरामा बसिरहेका छन्। अझै पनि ५० लाख मानिसहरु उक्त आँधीको बाटोमा रहेको बताइएको छ।

यता अमेरिकाको उत्तर र दक्षिण क्यारोलिनामा फ्लोरेन्स आँधीबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। अझै पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन्। प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि ९ हजार ७ सय राष्ट्रिय सुरक्षा सैनिकहरू परिचालन गरिएका छन्।

आँधीबाट ९ लाख ५० हजार भन्दा बढी मानिसहरू अन्धकारमा बस्न बाध्य भएको बीबीसीले जनाएको छ। २२ हजार मानिस चर्च, विद्यालयलगायतका १५० अस्थानी टहरामा बसिरहेका छन्। नदीतटिय क्षेत्रका बासिन्दाले ठूलो बाढीको सामना गरिरहेको बीबीसीले जनाएको छ। फ्लोरेनस आँधीबाट करिब ४ हजार घरहरू पूर्ण रुपमा नष्ट भएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...