Friday 19th June 2026

अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ५ जनाको मृत्यु


तितोपाटी – अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणमा एक व्यक्तिले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको छ। गोली चलाउने व्यक्तिले पनि आफ्नो छातिमा गोली हानी आत्महत्या गरेका छन्।

बेकर्सफिल्ड भन्ने स्थानमा भएको घटनामा ६ जनाको ज्यान गएको हो। मारिने मध्ये एकजना गोली चलाउने पुरुषकी श्रीमती भएको प्रहरी अधिकारीलाई उद्‍धृत गर्दै फक्सन्युजले जनाएको छ।

बुधबार साँझ साढे ५ बजेतिर सामान बोक्ने ट्रक राखिने स्थानमा छिरेका एक अज्ञात व्यक्तिको त्यहीँ रहेका अर्का व्यक्तिसँग वादविवाद भएको थियो।

घटनामा संलग्न रहेका ठानिएका ती व्यक्तिले आफ्नी पत्नीमाथि गोली चलाउनुअघि ती व्यक्तिलाई लखेटी लखेटी गोली हानेका थिए। त्यसपछि ती व्यक्तिले घटनास्थलमा आइपुगेका तेस्रो व्यक्तिमाथि फायर खोलेका थिए।

त्यसपछि उनी ट्रकहरू राखिएको स्थलसँगैको आवास क्षेत्रमा पुगेका थिए। जहाँ उनले थप दुईजनाको गोली हानी हत्या गरे।

त्यसपछि उनले एक महिला र शिशु बसिरहेको एउटा गाडी आफ्नो कब्जामा लिएर भाग्न खोजेका थिए। तर उनलाई स्थानीय प्रहरीका अधिकारीले गाडीबाट बाहिर ताने। जब अन्य प्रहरी अधिकारीहरू घटनास्थलमा पुगे, उनले पनि आफूलाई गोली हानी आत्महत्या गरे।

गोली प्रहार हुनुको कारण र ज्यान गुमाउनेहरूको सम्बन्धका बारेमा केही खुलेको छैन। न्युयोर्क टाइम्सका अनुसार घटनाका करिब ३० जना प्रत्यक्षदर्शीलाई प्रहरीले बयान लिइरहेको छ।

घटनास्थल बेकर्सफिल्ड लस एन्जलसबाट ९० माइल उत्तरमा पर्छ।

बन्दुकसँग सम्बन्धित हिंसाका घटना दिनहुँ भइरहने अमेरिकामा यो पछिल्लो गोलीकाण्ड हो । पछिल्लो अध्ययनमा अमेरिकाको जनसंख्या विश्वको कूल जनसंख्याको करिब चार प्रतिशत मात्र छ तर करिब ४० प्रतिशत बन्दुक अमेरिकी जनताका हातमा छ । स्मल अार्म्स सर्भेका अनुसार, नागरिकका हातमा विश्वभर करिब ८५ करोड ७० लाख बन्दुक छ र त्यसमध्ये ३९ करोड ३० लाख थान बन्दुक अमेरिकी नागरिकसँग रहेको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...