Thursday 27th August 2026

अफगानिस्तानमा भएको अात्मघाती बम अाक्रमणमा ६८ जनाको मृत्यु


तितोपाटी – अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मंगलवार गराइएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको छ।संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ। यस वर्षकै सर्वाधिक घातक मानिएको नानघहार प्रान्तको यो विष्फोटमा अरु १६५ जना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता अताउल्लाह खोग्यानीले जानकारी दिए।

यो नरसंहारको जिम्मेवारी हालसम्म कसैले लिएको छैन, तर यो प्रान्तमा अतिवादी इस्लामिक स्टेट समूह सक्रिय रहेको छ। हालै गराइएका सबैजसो बम हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिइआएको छ।

संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

नानघहारको स्वास्थ्य सेवा विभागले मारिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छ । उक्त घटना स्थानीयबासीले प्रहरी प्रमुखको नियुक्तिप्रति असन्तुष्टी जनाउादै जलालाबादमा सडक अबरुद्ध गरी प्रदर्शन गरेको बेला भएको थियो । हमलाकारीहरु प्रदर्शनकारीको बीचमा गएर आफौंलाई बमले उडाएका थिए । मृत्यु भएका र घाइतेलाई स्थानीयबासीले ट्रक र एम्बुलेन्समा राखेर नजिकका अस्पतालमा लगेका थिए ।

जनवरीमा भएको यस्तै एक घटनामा अफगानिस्तानको राजधानी काबुलमा विस्फोटक पदार्थले भरिएको एम्बुलेन्स विस्फोट गराउादा १ सइ भन्दाबढी सर्वसाधारण मारिएका थिए । उक्त बम हमलाको जिम्मेवारी तालिबानले लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...