Monday 23rd March 2026

म्याग्दी मोनाद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग


चन्द्र बिश्वकर्मा – कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ ।

कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको हो । रक्तचापको समस्याले आफ्नै कोठामा अचेत भएर ढलेपछि उनलाई उपचारको लागि आदान अस्पतालमा भर्ना गरीएको थियो । दुई हप्ता सम्म कोमामा राखेर उपचार गरिएको थियो ।

उनको उपचारमा लागेको सबै खर्च कम्पनीले व्यहोरेको छ । कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराएका गणेशको रेखदेखको लागि कम्पनीले राखुकै रिजन परियारलाई खटाएको थियो । बिगत २ वर्ष देखि कुक्जे कम्पनीमा कार्यरत रहेका गणेश बिरामी हुँदा घरपरिवारको गुजारा चलाउने सपना पनि भताभुंग भएको छ । उनको दायाँ खुट्टा र हात नचल्नुको साथै अहिले सामान्य बोल्न सक्ने भएपनि अझै पूर्ण रुपमा स्मरण गर्ने शक्ति फर्किसकेको छैन् ।

कुवेतको कानुन अनुसार उनले पाउनु पर्ने सबै हिसाब उपलब्ध गराइएको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका तिलक भण्डारी (कमल) ले जानकारी गराउनु भएको छ । उहाँकै संयोजकमा कम्पनीमा रकम संकलन गरि नेपाली रु. ४,६०,००० (चार लाख साठी हजार) गणेशको श्रीमती यु माया थापाको बैंक खातामा जम्मा गराएको र अरु थप रकम पनि संकलन भइरहेको भण्डारीले तितोपाटी लाई जानकारी गराउनु भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...