Monday 18th May 2026

जापानमा अाँधी लगत्तै शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु


उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६ दशमलव ६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा ८ जनाकाे मृत्यु हुनुको साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ ।

गत साता यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो ।

यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन ।

भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ ।

प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएकाे सरकारका प्रवक्ता योसिहिदे सुगाले बताए। सो उद्धारकार्यमा अरु २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ ।

मन्त्रिपरिषद्‌को आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताए ।

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९ रेक्टर स्केलको भूकम्पपछिको सुनामीमा जनधनको ठूलो क्षति भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...