Saturday 17th October 2026

कुवेतमा एक नेपालीले गरे अात्महत्या, अगष्ट महिनामा मात्र ८ नेपालीको मृत्‍यु


हरी कृष्ण न्यौपाने – रोजगारीका लागि कुवेत आएका रेत्नेचौर-२ म्याग्दीका २८ बर्षिय राजु किसानले अात्महत्या गरेका छन।सेप्टेम्बर-२,२०१८ आईतवारका दिन अत्महत्या गरेका राहदानी नं-०५६४४७०० का राजु कुवेतको अल भागली कम्पनीमा कार्यरत थिए।

नेपाली दूतवास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम संग भने”राजु कीसनले अात्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आए पनि अन्य जानकारी र डक्टर तथा प्रहरीको रिपोर्ट आउन बाँकी छ। मगरले थपे “कम्पनीले शब पठाउने पैसा दूतावासमा बुझाईसकेको र मृतकको शब पठाउने तथा मृतकको परिवारले पाउने सम्पूर्ण रकमका लागि कानुनी प्रकृया शुरु गरिएको छ।”

यसै बिच नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले कुवेतमा अगष्ट-२०१८ महिना भित्र मात्र ८ जना नेपालीको बिभिन्न कारणले मृत्‍यु भएको बताउदै अहिले सम्मको तथ्याङ्कमा एकै महिनामा मृत्‍यु हुनेहरुको यो संख्या धेरै रहेकोले सबैलाई सचेत रहन आग्रह गरेका छन। मगरले भने” बिशेष गरी दैनिक खान-पिन गर्दा, सडक यात्रा गर्दा, सबारी चलाऊदा तथा काम गर्दा सबै भन्दा पहिले आफ्नो श्वास्थ्यको ख्याल गर्नु होला।यदी आफुलाई अश्वस्थ महसुस भयो भने तत्काल स्वास्थ्य संस्था वा अस्पातल जाने गर्नु होला।”


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...