Thursday 1st October 2026

दैनिक काँक्रो सेवन गर्नुका फाइदाहरू


तितोपाटी – काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिन गर्दछ। मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ। यो धेरै जातका हुन्छन्। तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ। काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि २५ सेमिसम्म गोलाइ भएको पाइन्छ।

काँक्रोको बोट कम लहरादेखि बढी लहरा जाने र त्यस्तै हाँगाहरू पनि कम र धेरै हुने पाउँदछन्। पातको फेदबाट त्यान्द्राहरू निस्कन्छन्। यस्को जरा लामो गहिरोसम्म जाने हुन्छ र एउटै बोटमा भाले र पोथी फूलहरू हुन्छन्। यसलाई राम्ररी थाँक्रा दिन सकेमा मात्र राम्ररी फल्छ। साथै काँक्रोको पहिलो मुन्टा चुडिदिएमा धेरै लहरा निस्कन्छ र बढी फल लाग्दछ।

काँक्रोमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ। यसबाहेक यसबाट कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि पनि प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्मा हुन्छ।

काँक्रो सेवन गर्नुका फाइदाहरूः

–    काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

–    सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा              उपचारका लागि प्रयोग गरिन्छ।

–    यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

–    काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

–    पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

–    यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

–    धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

–    रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

–    मुख र गिजालाई ताजा राख्न  र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

–    यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

–    काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

–    यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

–     यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

–    यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

–    यसले  खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।


सम्बन्धित शीर्षकहरु

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

प्रतिकृयाहरू
...