Saturday 10th October 2026

अमेरिकामा प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु


तितोपाटी – अमेरिकाका प्रहरीको गोली प्रहारबाट एक नेपालीको मृत्यु भएको छ ।

शनिबार साँझ पौने ९ बजे नेपाली नागरिक वीरेन्द्र ठकुरीको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको हो । हात हतियार केही पनि नभएको अवस्थामा ठकुरीलाई गोली हानेको भन्दै अमेरिकामा बस्ने नेपाली समुदायले आपत्ति जनाएका छन् ।

ब्रुमफिल्डस्थित फ्रेडलल बर्ड र स्टार्टफोर्ड लेक ड्राइभमा प्रहरीले उनीमाथि गोली हानेको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार सडकमा होहल्ला भएपछि प्रहरी पुगेको थियो ।

प्रहरीको आदेश नमानेपछि उनलाई गोली हानिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मिडिया रिपोर्टमा उल्लेख गरिए अनुसार गोली हान्ने प्रहरीलाई नियमानुसार विदामा बस्न लगाइएको छ ।

ठकुरीको गैरन्यायिक हत्या भएको भन्दै नेपाली समुदायले थप अनुसन्धान र कानुनी उपचारको बाटो खोज्नेबारे छलफल गरिरहेका छन् । अमेरिकामा प्रहरीको शरीरमा पनि क्यामरा राखिएको हुन्छ ।


सम्बन्धित शीर्षकहरु

रुद्राक्ष Elaeocarpus ganitrus नामक रुखको बीउ हो, जसलाई सनातन हिन्दू धर्ममा भगवान शिवसँग जोडेर हेरिन्छ। धार्मिक विश्वासअनुसार रुद्राक्ष भगवान शिवका…

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

प्रतिकृयाहरू
...