Sunday 1st November 2026

गरीबिको कारण विद्यालय अाउन नसक्ने पत्र लेख्ने म्याग्दीकी पुजालार्इ पोर्चुगलबाट पनि सहयोग


तितोपाटी – गैरआवासीय नेपाली संंघ पोर्चुगलका आइसीसी सदस्य एवं व्यवसायी नरेन्द्र हमाल र सरस्वती दम्पतीले गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

बेनी नगरपालिका ६ फोओटेकी १२ बर्षीया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाइबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रगी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्रमा गरीबिभित्रको पीडा लुकेको भन्दै बागलुङको काठेखोला गाउँपालिका मुलथाना जन्म घर भई बानपा २ श्रीनगरटोल निवासी हमाल दम्पतीले ५० हजार १ सय ४८ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। ‘आर्थिक अभावले कहिल्यै विद्यालय जानबाट बन्चित हुनु नपरोस्, एउटा पत्रभित्र लुकेका धेरै समस्या समाधानका लागि सानो सहयोग गरेको छु’, हमालले भने ।

निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं आएका खत्री परिवारमा खुसी छाएको हेर्न चाहेको उनले बताए। करिब २५ बर्ष अगाडि युरोपमा पुगेका हमालले विगतमा समेत आर्थिक अभाव भएका बालबालिका, सामाजिक संघसंस्था लगायत विभिन्न क्षेत्रमा सहयोग गरेका छन्। पोर्चुगलमा सफल नेपाली व्यवसायी रहेका हमाल हालसम्म खत्रीलाई ब्यक्तिगत रुपमा सबैभन्दा धेरै सहयोग गर्ने दाता हुन्। सामाजिक क्षेत्रमा सहयोग गरेपनि प्रचारप्रसारमा नआउने हमाल दम्पतीले पुजाको मार्मिक पत्रका बारेमा  समाचार पढेपछि सहयोगको प्रतिबद्धता जनाएका थिए।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...