Thursday 18th September 2025

हेम थापा दम्पत्तीद्वारा क्यान्सर पिडितलाई ५० हजार सहयोग


तीतोपाटी- आफुले १८ घन्टा परदेशमा खटिएर पसिना बगाएर कमाएको पैसा निरन्तर परोपकारमा खर्च गरिरहेका समाजसेवी हेम थापा (अमेरिका) दम्पतीले पुनः अर्को सहयोग गरेका छन ।

थापा दम्पत्तीले सोमबार आर्थिक अवस्था निकै कमजोर भएकी रोल्पा जितवाङ-७ स्थाई घर भइ हाल दाङको घोराई उ.म.न.पा-७ बस्दै आएकी ८ कक्षामा अध्ययनरत १५ बर्षीया नारायणी घर्तीको उपचारको लागि  पचास हजार नेपाली रूपैयाँ (५०,०००/-) सहयोग गरेको समाजसेवी हेम थापाले बताए । पीडित बालिकाका बुबा भुपेन्द्र प्रकाशका अनुसार नारायणीलाई हातमा क्यान्सर भएकोछ । हाल अमेरिका निवासी समाजसेवी हेम थापा दम्पत्तीको स्थाई घर तेह्रथुम जिल्ला मोराहाङ गाबिस ९ सिकिदेम हो ।

स्मरण रहोस समाजसेवामा करोड भन्दा बढी खर्च गरिसकेका यी दम्पतीले साउदीमा फसेका प्रेम राई बचाउन ५ लाख र कुमार राना बचाउन २ लाख आफ्नै खल्तीको पैसा खर्च गरेका थिए । आजसम्म जति पनि सहयोग गरे आफ्नै पसिनाको कमाईको पैसा खर्च गरिरहेको थापा दम्पत्ती बताउँछन ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...