Friday 25th September 2026

कुवेतमा समुन्द्रमा डुबेर नेपालीको मृत्‍यु,अगस्टमा मात्र ६ नेपालीको मृत्‍यु


हरि कृष्ण न्यौपाने-अर्मला गाबिस कास्की घर भई पोखराको महेन्द्र गुफामा बसोबास गरिरहेका र केही समय देखी कुवेतमा कार्यरत तिर्थ बहादुर बिकको समुन्द्रमा डुबेर मृत्‍यु भएको छ।राहदानी नं-०८१०६८६४का ४१ बर्षिय तिर्थ बहादुरको अगष्ट १७,शुक्रबार,२०१८का दिन मृत्‍यु भएको हो।

कुवेतको अलकुत कम्पनीमा आए पनि केही समय देखी भागेर अबैधानिकक रुपमा काम गर्दै आएका तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्‍यु भएको पुष्टी भएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमलाई बताए।मगरले भने,”दुताबासलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्‍यु भएको भनिए पनि अन्य जानकारी भने आउन बाँकी छ।पुरानो कम्पनीबाट भागेर अबैधानिक रुपमा काम गर्दै आएका तिर्थबहादुरको शब पठाउने सम्बन्धमा कानुनी प्रकृया शुरु गरिए पनि पुरानो कम्पनीले मृतक बिरुद्द कम्पनी छोडेर भागेको मुद्दा हालिएको हुँदा टिकटको समेत समस्या परिरहेको छ।”

कुवेतमै कार्यरत मृतकको नातेदर भाई बम बहादुर बिकले तितोपाटी डटकम संगभने अत्यान्तै नाजुक आर्थिक अवस्था रहेका तिर्थ बहादुरको घरमा श्रीमती, ९ र ६ बर्षको छोरा-छोरी रहेका छन।

२०१८ अगस्ट महिना भित्र मात्र बिभिन्न कारणले ६ जना नेपालीले कुवेतमा ज्यान गुमाएका छन।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...