Friday 25th September 2026

कुवेतमा फेरी एक नेपालीको सडक दुर्घटनामा मृत्‍यु


हरि कृष्ण न्यौपाने-बुटवल १५-बेलाबास घर भई केही समय देखी कुवेतमा कार्यरत ३१ बर्षिय टुक बहादुर रायमाझीको सडक दुर्घट्नामा मृत्‍यु भएको छ।उनलाई रोडमा हिडिरहेको अवस्थामा अगस्ट-१४,२०१८ मंगलबारका दिन राती एक कारले ठक्कर दिएको थियो।
राहदानी नं-०९३१३२५९का टुक बहादुरको सडक दुर्घट्नामा मृत्‍यु भएको पुष्टी गर्दै नेपाली दूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी संग भने,” कम्पनीको आबासमा पनि केही समय देखी नआएको र काममा पनि नगएकोले साथीहरु र कम्पनीले खोजी गर्दै जाँदा रायमाझी सडक दुर्घट्नामा मृत्‍यु भएको तथा उनलाई प्रहरीले कुवेतको फर्वानिया अस्पातल पुर्याएको पत्ता लागेको थियो।उनले थपे” मृतक रायमाझीको शब पठाउनको लागि र क्षतिपुर्ती परिवार सम्म पुर्याउनको लागि कम्पनी र सम्बन्धित निकाय संग समन्वय भईरहेको छ।साथै मृतकको आफ्नै बहिनी कुवेतमा रहेको र दुताबासको संपर्कमा आएको तथा उनले आफ्नो दाईको शब हेर्न चाहनु भएकोले १-२ दिनमा उनलाई लिएर शब राखेको फर्वानिया अस्पातल जाने सचिबले बताए।

एउटै कम्पनी कार्गो ट्रान्सपोर्ट कम्पनीमा कार्यरत मृतक रायमाझीका साथी सुरेश मगरले भने टुक बहादुर एक्कासी हराए पछी हामी सबै खोजीमा लागेका थियौं तर अन्तमा उनलाई त हिडिरहेको अवस्थामा कारले ठक्कर दिएर मृत्‍यु भएको भन्ने सुन्दा हामी स्तब्ध र दुःखी छौ।

यसै बिच कुवेतमा अगस्ट-२०१८को एक महिनामा ५ जना नेपालीको मृत्‍यु भएको छ।दिन-दिनै कुवेतमा नेपाली कामदारहरुको संख्या बढे संगै मृत्‍यु हुने क्रम पनि बढीरहेको छ।कुवेत तथा खाडी राष्ट्रहरुमा बिशेष गरी सडकको बाटो काट्दा बिशेष ध्यान पुर्याउन नसक्नाले सडक(सबारी)दुर्घट्ना,खानपान र शारिरिक ब्यायममा बिशेष ध्यान नपुर्याउदा हृदयघात जस्ता कारणले नेपालीहरुको मृत्‍यु हुने गरेको छ।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...