Wednesday 16th September 2026

कुवेतमा फेरी एक नेपालीको मृत्‍यु, राती सुतेका दिपक बिहान उठेनन


हरि कृष्ण न्यौपाने-स्याङ्जा स्थाइ घर भई कुवेतमा काम गर्दै आएका दिपक परियारको आज अगस्ट-१९, आइतबार, २०१८ का दिन बिहान मृत्‍यु भएको छ । छुट्टी सकेर साथीहरु संगै खाना खाएर राती सुतेका दिपक बिहान नउठे पछी साथीहरुले खोजी गर्दा उनी सुतेकै ठाउँमा मृत भेटिए पछी कुवेत प्रहरीलाई खबर गरिएको थियो ।

कुवेतको अलेनम रियल स्टेट कम्पनीमा सन २०१६ देखी सेक्यूरिटी काम गर्दै आएका दिपक कम्पनीकै आबास गृह कुवेतको आबुहलिफामा नेपाली साथीहरु संगै बस्दथे। कोठाको साथीहरुको रात्री कालिन काम भएका कारण आफ्नो छुट्टी सकेर खाना खाएर सुतेका दिपक सुतेकै ठाउमा बिहान मृत फेला परेका हुन।


घटनाको बारेमा प्रारम्भिक जानकारी आए पनि अन्य अनुसन्धान र मृत्‍यु हुनाको कारण सहितको डक्टर रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले तीतोपाटी डटकमलाई बताए । लिङ्देनले भने “मृतकको शबलाई कुवेतको फर्वानिया अस्पताल पुर्याइएको छ भने कम्पनी र दुताबासले गर्नु पर्ने अन्य कानुनी प्रकृयाहरु शुरु गरिएको छ।”

कुवेतमा दिपक सहित यो अगस्ट महिनामा १५ दिन भित्र ४ जना नेपालीहरुको मृत्‍यु भएको छ। बिशेष गरी अत्याधिक गर्मी याम र खान-पिनमा राम्रो ख्याल नगर्नाले धेरै जसो नेपालीहरु हृदयघातको सिकार हुने गरेको तथ्याङले देखाउछ।


सम्बन्धित शीर्षकहरु

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई २,००० पाउन्ड तौलका शक्तिशाली बमहरू उपलब्ध गराउने नयाँ हतियार सम्झौताको तयारी गरेको छ। करिब…

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (आईआरजीसी) ले हर्मुज जलडमरूमध्यमा एक तेल ट्यांकर नौसैनिक बारुदी सुरुङसँग ठोक्किएको दाबीलाई अस्वीकार गरेको छ।…

प्रतिकृयाहरू
...