Friday 25th September 2026

निर्दोष एक नेपाली साउदीको जेलमा,परिवार द्वारा उद्धार गरिदिन आग्रह


तितोपाटी-साउदी जेलमा रहेका एक नेपाली उद्धारको पर्खाईमा छन् । केहि पैसा कमाउला र परिवारलाई खुसी दिउला भनेर नवलपरासी बर्दघाटका दामाेदार क्षेत्री साउदी गएका थिए । तर साउदी पुग्ने बितिक्कै उनको जीवनमा बज्रपात खनियाे ।

कम्पनीकाे काममा हिडेका दामाेदार अचानक सवारी दुर्घटनामा परेका थिए । अाफुले चलाएकाे गाडी पाकिस्तानी नागरिककाे गाडीसँग ठोकिन पुग्यो र पाकिस्तानी नागरिककाे मृत्यु समेत भयो ।

दुर्घटनामा दामोदरको पनि हात भाचिएको थियो । आफुले २ महिना सम्म अस्पतालमै उपचार गरेको उनले बताए ।

दुर्घटनामा  पाकिस्तानी नागरिककाे ज्यान गएपछि दामोदर साउदी जेलमा छन् । १९ महिनासम्म पनि नेपाल फर्काउन नसक्दा छटपटाइरहेको उनको परिवारले उद्धारको लागि हारगुहार गरिरहेका छन् । कम्पनि मालिकले घर पठाउने पटक पटक आश्वासन दिएपनि कुनै सहयोग नगरेको पिडितको भनाई छ ।

घरमा श्रीमतीका साथमा १ छोरा र १ छोरी रहेका दामोदरले साउदीकाे जेलबाटै अाफुलाई नेपाल फर्काउन पहल गरिदिन नेपाल सरकार लगायत बिभिन्न संघसस्थासंग हारगुहार गरेका छन।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालसँगको भेटमा उनका परिवारले दामोदरको रिहाइका लागि आवश्यक कदम चाली सहयोग गर्न आग्रह गरेका छन।

साभार- हाम्रो संचार


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...