Sunday 19th May 2024

प्रवास बाट गायिका देविका केसीको तीज गीत “यो तीजैको गीतैले” (भिडीयो सहित)


तितोपाटी- हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा कलाकार तथा गितकारहरुलाई तिजको चटारोले भ्याई नभ्याई छ । यतिबेला प्राय: कलाकारहरुले तिज पर्वलाई मध्यनजर गर्दै गित निकाल्ने गरेका छन् ।

यस्तै भीडमा गायिका देविका केसीले विगतका वर्षहरुमा झै यसवर्ष पनि तिजको कोसेली बजारमा ल्याएकी छिन् । तीजको रौनक बढ्दै जाँदा देविकाले यसवर्ष “यो तीजैको गीतैले” बोलको तिज गीत सार्वजनिक गरेकी हुन् ।

हरेक वर्ष सामाजिक सन्देश दिने गीत ल्याउने केसीले यसवर्ष पनि सन्देश बोकेको गीत बजारमा ल्याएकी हुन् । लामो समयदेखि दोहोरी क्षेत्रको गायनमा व्यस्त केसीलाई गायक रितकुमार श्रेष्ठले साथ दिएका छन् । गीतमा जीवन बिसीको लय तथा शब्द रहेको छ ।

ईश्वर थापाको निर्देशन र सम्पादन रहेको भिडियोमा रोशन, बाबु, आस्था रुपा लगायतले अभिनय गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...