Sunday 19th May 2024

सबिता पोखरेलको तीज गीतः ‘’विरानो भो माइतीको आँगनी”(भिडियो सहित)


तितोपाटी- पछिल्लो समय धेरै तिजका गितहरु बजारमा आइरहेका बेला पत्रकार तथा गीतकार सबिता पोखरेलको तीज गीत ‘विरानो भो माइतीको आँगनी’ सार्वजनिक भएको छ । यो साल समग्र तिज गितहरुले आफ्नै कला सस्कृती र मौलिकताको जगेनार्थ तयार भएका हुन कि भन्ने किसिमका गितहरु सार्बजनिक भैरहेका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा बरिष्ठ गीतकार उन्नती शीला बोहरा, गायक शिव परियार, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजनलगायतले गीत सार्वजनिक गरे । म्यूजिक खबरको आयोजना रहेका कार्यक्रममा बोल्दै चर्चित गायक परियारले तीज गीतले वास्तविकता बोकेको भन्दै गीतकार सबिता पोखरेललाई शुभकामना दिए । त्यस्तै, गीतकार संघका उपाध्यक्ष बमजनले म्यूजिक खबर पाक्षिकको सम्पादक समेत रहेकी गीतकार सविताको शब्द शैलीको प्रशंसा गरे । त्यस्तै गायिका एवं संगीतकार काव्य आचार्यले गीतकार सविताको शब्द मन परेकै कारण आफूले संगीत सिर्जना गरेको बताउँदै गीत सबैले मन पराइदिनु हुने आशा व्यक्त गरेकी छन् ।

गीतमा बिभिन्न गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता एवम् दर्शकहरुको मन मुटुमा बस्न सफल गायिका काब्य आचार्यको सुमधुर स्वर रहेको छ । काब्य आचार्यको नै लय सृजनाले सजिएको यस गीतलाई सबिता पोखरेलको शब्द लहरिले छपक्कै बेरेको छ । गीतको भाव अनुसार म्युजिक भिडियो पनि उत्तिकै मिठासपूर्ण ढंगले तयार पारिएको छ । राजिब बलामी द्वारा निर्देशित भिडियोलाई छायांकन कृष्ण श्रेष्ठले गरेका हुन् भने सम्पादन दिन्सन शाहले गरेका हुन् । भिडियोमा रिना थापा मगर, मेलिना ठकुरी र रिना राउतको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...