Tuesday 14th October 2025

पोल्याण्ड पठाइ दिने भन्दै नेपाली युवालार्इ ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ


तितोपाटी – वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् ।

पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् । पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिसामा पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो । पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेका थिए ।

‘पिपल फर वर्क’ नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइएको विभाग स्रोतले जनाएको छ । उनीहरुले फेसवुक, टि्वटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए ।

सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिसा उपलब्ध गराउने भन्दै सुरुमै २ लाख माग्ने गरेका थिए । उनीहरुले अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउने गरेको पीडितहरुले बताए ।

उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सुचना प्रविधीमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ । उनीहरु पक्राउ परेसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरेकोे छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...