Tuesday 24th March 2026

पोल्याण्ड पठाइ दिने भन्दै नेपाली युवालार्इ ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ


तितोपाटी – वैदेशिक रोजगरीका प्रलोभन देखाउँदै विदेशीहरुले पनि नेपाल आएरै ठगी गर्न थालेको तथ्य फेला परेको छ । नेपाली युवालाई यूरोपमा जागिर लगाइदिने भन्दै अवैध रुपमा रकम असुल्ने दुई विदेशी नागरिक बुधबार काठमाडौंबाट पक्राउ परेका छन् ।

पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगी गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका हुन् । पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिसामा पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको विषयमा श्रम मन्त्रालयमै सूचना आएपछि वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको थियो । पुतलीसडक स्थित शंकरदेव क्याम्पस अघि अफिस नै खोली उनीहरुले ठगी धन्दा चलाइरहेका थिए ।

‘पिपल फर वर्क’ नामको कम्पनी नै दर्ता गरि काम गरिरहेको पाइएको विभाग स्रोतले जनाएको छ । उनीहरुले फेसवुक, टि्वटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए ।

सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिसा उपलब्ध गराउने भन्दै सुरुमै २ लाख माग्ने गरेका थिए । उनीहरुले अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाखसम्म खर्च लाग्ने बताउने गरेको पीडितहरुले बताए ।

उनीहरुले कम्पनी रजिष्टारमा दर्ता गर्दा सफ्टवेयर तथा सुचना प्रविधीमा काम गर्ने उद्देश्य राखेको भेटिएको छ । उनीहरु पक्राउ परेसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरी थप अनुसन्धान सुरु गरेकोे छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...