Monday 5th October 2026

सन्काहा पाइलट जसले श्रीमतीको ज्यान लिन घरमाथि खसाए विमान


तितोपाटी – अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् ।

घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए ।

पुलिसले उनलाई सोमबार घरेलू हिंसाको आरोपमा गिरफ्तार गरेको थियो । यसबाट दु:खी भएका डुएनले पत्नीसँग बदला लिने योजना बनाए । प्रहरीको हिरासतबाट छुटेपछि ती युवाले हवाईजहाज चोरी गरेर आफ्नै घरमा दुर्घटना गराइदिए ।

पुलिस सार्जेन्ट नोएमी स्यानडोवालका अनुसार डुएन एक व्यावसायिक पाइलट थिए । उनी भ्यानकन नामको निर्माण कम्पनीका लागि जहाज उडाउने काम गर्थे ।

सोमवार गिरफ्तारीको केही बेरमै उनलाई प्रहरीबाट जमानतमा रिहा गरियो । त्यसपछि उनी सीधै आफ्नो निर्माण कम्पनीमा पुगे । त्यहाँबाट उनले सेसना ५२५ जेट विमान उडाएर स्थानीय समयानुसार मंगलबार बिहान २ बजेर ३ मिनेटमा आफ्नै घरमा दुर्घटना गराए ।

स्लेज बुहलर नामका छिमेकीका अनुसार सोमवार अबेर राति घरमाथिबाट हवाईजहाज उडिरहेको सुनिएको थियो । ‘म बाहिर निस्कँदा जहाज जमिनतर्फ आइरहेको थियो’, उनले भनेका छन्, ‘सुरुमा हवाईजहाज पहाडमा ठोक्किएला ठानेको, तर मेरै छिमेकी घरमा पस्यो ।’


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...