Thursday 1st October 2026

थाइराइड के हो ? थाइराइड हुनुका कारण, लक्षण र उपचार


तितोपाटी – थाइराइड भनेको एउटा ग्रन्थि हो, जुन घाँटीमा श्वासनलीको बाहिरपट्टि रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यसलाई गलगाँड पनि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मन उत्पादन गर्नु हो । यो हर्मन रगतमा घुल्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मद्दत गरिरहेको हुन्छ ।

यसले ऊर्जालाई स्फूर्त रूपमा सञ्चालन गर्दछ । शरीरका लागि यो अत्यावश्यक हर्मन हो । जव यस्तो ग्रन्थीले हर्मोन उत्पादन गर्न नसक्दा वा हर्मोनमा गडवढी हुँदा समस्या निम्तने गर्छ । आजभोलि थाइराइडका बिरामी निकै बढेका छन् । यस्तो समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या पनि उल्लेख्य छ । चिकित्सकहरूकाअनुसार समयमै उपचार गरे यसको सहज समाधान छ ।

थाइराइड कसरी हुन्छ ?
-यो वंशाणुगत समस्या हो । त्यसैले परिवारको कुनै सदस्यमा समस्या भएमा पछिल्लो पुस्तामा यस्तो समस्या हुन सक्छ ।

-गर्भमा रहँदा पनि थाइराइडको समस्या देखिन्छ ।

-डिप्रेसन, क्यान्सर, कुनै औषधिको साइड इफेक्टका कारणसमेत थाइराइड हुन्छ ।

थाइराइडको लक्षणः

-थकान र कमजोरी ।

-कपाल झर्ने, फुल्ने,

-छोटो समयमै शरीरको तौलमा भारी परिवर्तन आउने,

-डिप्रेसनमा जाने,

-धेरै गर्मी वा अत्याधिक जाडो हुने,

-स्किन डिजिजको समस्या निम्तने ।

थाइराइडको उपचार

-परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ ।

-रेडियो एक्टिभ, आयोडिन तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्मोन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्मोनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ ।

-आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ ।

-यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नु नै हो ।

-त्यस्तै, आयोडिनयुक्त नुनको प्रयोग, अनावश्यक रूपमा एक्सरे, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोटको प्रयोग नगर्ने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...